सडक दुर्घटना न्यूनिकरण गर्न डकुमेन्ट्री प्रदर्शन गर्दै ट्राफिक प्रहरी

सडक दुर्घटना न्यूनिकरण गर्न डकुमेन्ट्री प्रदर्शन गर्दै ट्राफिक प्रहरी

tfaffice parbat

महेन्द्र जिसी, पर्वत । सडकमा हुनसक्ने सम्भावीत दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला ट्राफिक कार्यालय पर्वतले डकुमेन्ट्री प्रदर्शन गरेको छ ।

पछिल्लो समय देशभर नै सबारी दुर्घटना बढ्दै गएकाले त्यसको न्यूनीकरण गर्ने उदेश्यले ट्राफिक कार्यालय पर्वतले डकुमेन्ट्री प्रदर्शन गरेको हो ।

गत बुधबार ट्राफिक कार्यालयले पर्वतले सडक दुर्घटना हुनुका मुख्य कारण र न्यूकरणका लागि सम्बन्धीत निकायले खेल्नुपर्ने भूमीकाहरु समेटीएको जनचेतना मूलक डकुमेन्ट्री प्रदर्शन गरेको थियो ।

सवारी चालकहरुले गर्न सक्ने गल्ती कमजोरीबाट हुन सक्ने सम्भावीत दुर्घटना न्यूनीकरण गर्न चालक तथा यात्रुहरुले खेल्नुपर्ने भूमीकाका बारे जनचेतना जगाउन उक्त कार्यक्रम गरेको ट्राफिक प्रमुख राम कृष्ण गौलीलले जानकारी दिए ।

ट्राफिक कार्यालयको अनुसार अधिकांस सबारी दुर्घटना साना सबारी साधन चालकको लापरवाहीका कारण हुने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds