बिन्दु गुरुङको उपचारका लागि लमेली लाम्छाने चेलीबेटीको सहयोग

बिन्दु गुरुङको उपचारका लागि लमेली लाम्छाने चेलीबेटीको सहयोग

treatment

पर्वत जिल्ला, महाशिला गाउपालिकास्थित चारभञ्ज्याङ लामे गाँउका लाम्छाने चेलीबेटीहरुले चारभञ्ज्याङ तमु समाज पोखराकी कार्यालय सहायक बिन्दु गुरुङलाई सहयोग गरेको छ।

अस्वस्थ्य भई आंशिक पक्षघातको उपचार गराइरहेकी गुरुङलाई लमेली लाम्छाने चेलीबेटीको तर्फबाट २५ हजार रुपैया र साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युटकी प्रवन्ध निर्देशक, समाजसेवी बिना गुरुङले ५ हजार रुपैया सहयोग हस्तान्तरण गर्नुभएको हो।

उपचारमा सहयोग पुगोस भनि स्वास्थ्यलाभको शुभकामना सहित सहयोग हस्तान्तरण गरिएको थियो । आर्थिक अवस्था कमजोर रहेकी गुरुङ हस्पिटलबाट डिस्चार्ज पश्चात दैनिक थेरापीसहितको उपचारक्रममा रहनु भएको छ। लामे माइती भएकी गुरुङको एक छोरा र एक छोरी विद्यालयमा अध्ययनरत छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ