बिहानै त्रिशुलीमा बस खस्दा ५ को मृत्यु, २९ घाइते

बिहानै त्रिशुलीमा बस खस्दा ५ को मृत्यु, २९ घाइते

trishuli

धादिङ- झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबस धादिङमा आज (आइतबार) बिहान दुर्घटना ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो । घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

तस्वीर : सामाजिक सञ्जाल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds