औंशीमा हुर्रर गए, हुर्रर फर्किए तीर्थालु

औंशीमा हुर्रर गए, हुर्रर फर्किए तीर्थालु

gand

सुन्दरकुमार थकाली, मुस्ताङ । कसलाई मन नपर्ला हिमालपारीको जिल्ला मुस्ताङ ।यही हिमाल ,फरक भूगोल र प्राकृतिक संम्पदा नियाल्न धार्मिक तीर्थालुहरु मुस्ताङ आउने गरेका छन् ।

धार्मिक पूण्य कमाउन पनि पाईने भएकाले धार्मिक तीर्थालुको आस्थाको केन्द्र बनेको हो मुस्ताङ ।यसवर्षको बडादशै सोह्श्राद्ध औशी तिथिको मेलोमा तीर्थालुको भीडले तल्लो मुस्ताङ भरिभराउ भएको हो ।

कालिगण्डकी करिडोरको बेनी–जोमसोम सडकमा आईतबार र सोमबार मुस्ताङतर्फ आएका तीर्थालु सवार बस तथा जीपले सडक निकै व्यस्त देखिएयो ।अघिपछि खासै व्यस्त नहुने सडकमा नीजी ,हरियो र सार्वजनिक बस तथा जीप लस्कर देखिन्थे ।एकातिर दशैको मेलोमा बेशी झरेका भेडा–च्याङ्ग्राको हुल अर्कोतर्फ मुस्ताङ हानिएका सवारी साधनले सडक अवरोध तथा धुलाम्मे भयो । निर्माणधिन सडक, त्यसमाथि वर्षायामको अविरल वर्षाले सडक साघुरो हुँदा तीर्थालुलाई सडक सकसपूर्णनै रह्यो । हावाको झोक्का झै एकैसाथ हुर्रर मुस्ताङ आए फेरी हुर्रर फर्किए तीर्थालु ।

औशी मेलोमा थासाङ गाउपालिकाको लेते देखि जोमसोम,कागबेनी र मुक्तिनाथ रानीपौवामा संञ्चालित होटलहरुमा खचाखच भरिए ।कागबेनीधाममा श्राद्ध गर्ने,मुक्तिनाथको दर्शन गर्ने देखि लिएर मुस्ताङको कोशेली खरित्ने तीर्थालुको भीडले मुस्ताङ महोत्सवमय बन्यो । कागबेनी,मुक्तिनाथ र जोमसोम बजारक्षेत्रमा तीर्थालुको बिशेष रौनकले गर्मियो ।पर्यटक पर्खाईमा रहेका यहाका स्थानीयवासी साना–ठुला व्यवसायीहरुले औशी तिथिको सेरोफेरोमा राम्रै व्यापार गरे ।यसपटक जोमसोम बजार तिर्थालुले भरिदा घरपझोङ ५ ठिनीको पर्यटक होमस्टेमा समेत तीर्थालु ओइरिएको होमस्टे संञ्चालिक जुमा थकालीले बताईन् ।उनले पर्यटक मात्र आउने गरेको होमस्टेमा बास नपाएका तिर्थालु समेत आएको जनाईन् ।

यसअघि जोमसोम,कागबेनी र मुक्तिनाथमा फुर्सतिलो देखिने ट्राफिक प्रहरी समेत औशी चटारोमा व्यस्त देखिए ।औशी तिथिको सेरोफेरोमा आईतबार मात्रै ३ सय ३२ हलुका सवारी,बस २६ ,मोटरसाईकल २४ र ट्रक ८ वटा मुस्ताङ भित्रिएको मुस्ताङ र म्याग्दीको सीमामा रहेको घासा प्रहरी चेकपोष्टले जनाएको छ ।त्यस्तै,औशीको अघिल्लो दिन सोमबार १ सय ९० जीप,बस १६,मोटरसाईकल १७ र ट्रक ५ वटा भित्रएको जनाएको छ ।प्रहरी चौकीका अनुसार आईतबार र सोमबारगरी २ दिनमा करिव ५ हजार तीर्थलु मुस्ताङ आएको बताएको छ ।त्यस्तै प्रहरी चौकी घासाले यसपटकको सोह्श्राद्धमा करिव १८ हजार तीर्थालु मुस्ताङ भित्रिएको अनुमान गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार आईतबार मात्रै ट्राफिक नियम उलङ्घन गर्ने ३८ सवारीसाधनलाई कारवाही गर्दा ३५ हजार राजस्व संङ्कल भएको जनाएको छ ।यस्तै मुस्ताङ प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले औशी तिथीमा मुस्ताङमा पिण्डदान तथा मुक्तिनाथ दर्शन गर्न आएका तिर्थालुले सहज रुपमा कार्यसम्पन्नगरी फर्किएको जानकारी दिए ।उनले औशी तथा महत्वपूर्ण चाडपर्वलाई लक्ष गरेर प्रहरीले यात्रु सहायता कक्ष खडा गरेको बताए ।सहायता कक्षमा कुनै पनि तिर्थालुको गुनासो नआएको जानकारी दिए ।

वर्षेनी चैते दशै तथा बडादशै सोह्श्राद्ध औशी तिथिमा वारागुङ मुक्तिक्षेत्र गाउपालिका कागबेनीको श्राद्ध स्थलमा श्रद्धालुहरुको भीड लाग्ने गर्छ । बिशेषगरी हिन्दुधर्मालब्मीहरुको आस्थाको केन्द्र कागबेनी त्रिबेणीधाममा तीर्थालु श्राद्ध गर्न ओईरिने गरेका छन् । दिवंगत पीतृको सम्झना स्वरुप दर्पण तथा पीण्डदान गर्ने चलन रहिआएको छ ।पवित्र धार्मिक स्थल मुक्तिनाथक्षेत्र हुदै बहने खोलो र कालिगण्डकी नदीको दोभानमा तीर्थालुले पीण्डदान तथा श्राद्ध गर्ने गर्छन् ।पितृको आत्माले शान्ति पाउने र पितृ उद्धार हुने पौराणिक मान्यताका कारण यसक्षेत्र धार्मिक स्थलको रुपमा बिकास हुदै आएको हो ।यसपटक औशी नुहाउन मुस्ताङ आउने तिर्थालुले सरकारी गाडी दुरुपयोग गरेको पाईएको छ ।

नम्बर प्लेट उल्लेख नगर्ने सर्तमा एक ट्राफिक प्रहरीले भने,‘धर्म गर्ने शिलशिलामा सरकारी गाडी दुरुपयोग गरेको पाईयो ।राज्यको सवारी निजी रुपमा प्रयोग हुनु गैरकानुनी हो ।’उनले यसपटक आधा दर्जन सरकारी गाडी तिर्थालु बोकेर आएको जानकारी दिए ।

यस्तै कागबेनीमा पिण्डदान गर्न आएका तिर्थालुको रौनक मुक्तिनाथमा पनि उस्तै रह्यो ।मुक्तिनाथ रानीपौवा बसपार्क तथा कागबेनी तिर्थस्थलको बसपार्क सवारी साधनले भरिभराउ भए ।कागबेनी जस्तै मुक्तिनाथ मन्दिर परिसर पुरै खचाखच भयो । मुक्तिनाथका कर्मचारी रविन सुवेदीले वर्षेनी औशी तिथीमा भक्तजनको भीड लाग्ने गरेको बताए ।उनले यसवर्षको सोह्श्राद्धमा करिव २० हजार तिर्थालु मन्दिरको दर्शन गर्न आएको उल्लेख गरे ।

यता ,यातायात सहज हुँदा र सेन्डिकेट हट्दा रुट नभएका निजी र हरियो नम्बरका गाडी बढी आएको यातायात व्यवसायी अजित थकालीले बताए ।सवारी खुल्ला हुँदा भने तिर्थालुको मुस्ताङ यात्रा छोट्टिएको यहाँका व्यवसायी बताउछन् ।उनीहरुले मुस्ताङको व्यवसाय बिगतको तुलनामा खस्कन पुगेको बताए ।

दिवंगत पितृको नाममा पिण्डदान तथा तर्पण दिनाले पितृ उद्दार हुने कागबेनी धर्मशालाका पुजारी हरि प्रसाद शर्माले बताए। उनले वर्षका दुई ठुला औशी तिथिमा यहाँका पुजारीलाई भ्याई नभ्याई हुने जानकारी दिए ।उनले कागबेनीमा पिण्डदान गरेका तिर्थालु चोखिन मुक्तिनाथ जाने गरेको बताए ।कागबेनीमा तिर्थ गर्न आएका चितवनका यूवराज पौडेलले पहिलेको तुलनामा मुस्ताङ यात्रा सहज हुँदै गएको बताए ।उनले यातायात सहजता र सेन्डिकेड हटेपछि बाँसस्थानका लागि समस्या नपरेको जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ