ईञ्जिनियर पतिले टुप्पी नकाटेपछि पत्नीले दिइन् डिभोर्सको निवेदन !

ईञ्जिनियर पतिले टुप्पी नकाटेपछि पत्नीले दिइन् डिभोर्सको निवेदन !

tuppi

एजेन्सी : भारतको मध्य प्रदेशमा एक ब्राह्मण परिवारका पुरुषले शिखा टुप्पी पाल्दा परिवार नै टुट्ने स्थितिमा पुगेको छ । उक्त व्यक्तिकी पत्नीले फ्यामिली कोर्टमा डिभोर्सका लागि निवेदन दिएकी छन् । टुप्पी पालेका कारण पति गँवार देखिएको आरोप पत्नीको छ ।

टुप्पीवाल पतिका कारण माइतीमा आफ्नो बेइज्जती भएको पत्नीको भनाइ छ । उता पति भने नमरुन्जेल टुप्पी पाल्ने बताइरहेका छन् ।यो घटनालाई फ्यामिली कोर्टले परामर्शका लागि पठाएको छ । बिहे भएको तीन वर्षपछि पत्नीले डिभोर्सको निवेदन दिएकी हुन् । अदालती परामर्शमा पति र पत्नीबीचको झगडाको कारण पतिको टुप्पी रहेको पाइयो । एक्जेक्युटिभ इन्जिनीयर जस्तो मान्छेले टुप्पी पाल्दा पटक्कै नसुहाएको तर्क पत्नीले राखेकी छन् । उनी आफूले चाहिँ एमबीए गरेकी छन् ।

परामर्शदात्री रिता राजानीले बताएअनुसार, महिलाको बिहे सन् २०१६ को फेब्रुअरी २ मा भएको थियो । बिहेको केही महिना राम्रै बित्यो । दुई वर्षअघि महिलाका सासू र ससुरा सडक दुर्घटनामा मारिए । मृत्यु संस्कारका बेलामा पतिको कपाल मुण्डन गरियो । त्यसपछि पतिले धार्मिक मान्यता अनुसार टुप्पी राखे । पछि पतिले टुप्पी राखिरहेपछि पत्नीले काट्न भनिन् । तर उनले मानेनन् । महिलाले परामर्शदातालाई बताएअनुसार पतिलाई टुप्पी काट्नुस् भन्दा टारिरहन्छन् । टुप्पी राख्दा सबैले पतिलाई पण्डितजी भन्न थाले ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ