साफ यू-१५ च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल ७-०ले पराजित

साफ यू-१५ च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल ७-०ले पराजित

nepal u-15

काठमाडौं । साफ यू-१५ च्याम्पियनसिपकाे उपाधि भारतले जितेको छ । फाइनल खेलमा नेपालविरुद्ध शानदाल जित निकाल्दै भारतले उपाधि उचालेको हो ।

शनिबार भएको फाइनल खेलमा भारतले नेपालाई ७-० गोलअन्तरले हरायो । पहिलो हाफमा ३ गोलले पछि परेको नेपालले दोस्रो आफमा थप चार गोल खान पुग्यो । भारतको उपाधि यात्रामा सिद्वार्थले ह्याट्रिक पुरा गरे । यस्तै महेसन सिंह, मनन्दित माकेस, शिवजित सिंह, हिमांश जंग्राले एक-एक गोल गरे ।  योसँगै नेपाल तेस्रो पटक फाइनल पुगेर उपाधि जित्नबाट बञ्चित भयो । भारतले भने तेस्रो पटक उपाधि जित्न सफल बन्याे ।

भारतले उत्कृष्ट प्रर्दशन गर्दा नेपालको खेल रक्षात्मक देखिएको थियो । लज्जास्पद हारसँगै नेपालले उपविजेतामा चित्त बुझाएको छ । राउन्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा पनि नेपाल भारतसँग ५-० ले पराजित भएको थियो । त्यसपछिका खेलमा भने नेपालले श्रीलंका, भुटान र बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गर्दै जित निकालेको थियो । फाइनल खेलमा भने नेपालमाथि पुनः भारत हावी भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ