खहरे खोलाले बगाएको वृद्धको उद्धार

खहरे खोलाले बगाएको वृद्धको उद्धार

uddhar

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित खहरे खोलाले बगाएका एक जना वृद्धलाई प्रहरीले उद्धार गरेको छ । नाम, थर नखुलेको अन्दाजी ६४ वर्षका वृद्धलाई प्रहरीले खोलाले बगाउँदै गरेको अवस्थाबाट उद्धार गरेको हो ।

चुरेहिल अस्पतालमा सामान्य उपचारपछि भरतपुर पढाइएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो ।

हालैको बाढीपहिरोमा परी हालसम्म मकवानपुरमा तीन जनाले ज्यान गुमाएका छन् । गत बिहीबारदेखि परेको निरन्तर वर्षाले मकवानपुरको थाहा नगरपालिका, कैलाश गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा बाढीपहिरोमा परी एक/एक जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ