लमजुङको उदीपुरमा स्कुल बसको ठक्करबाट वृद्धको घटनास्थलमै मृत्यु

लमजुङको उदीपुरमा स्कुल बसको ठक्करबाट वृद्धको घटनास्थलमै मृत्यु

accident pic

श्यामशितल परियार, लमजुङ । स्कुल बसको ठक्करबाट लमजुङमा एक जना वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।

डुम्रे–बेसीशहर सडकखण्डमा पर्ने बेसीशहर नगरपालिका–१, स्थित उदीपुर खोलामा गोल्डेन फ्युचर एकेडेमी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पैदलयात्री बेसीशहर नगरपालिका–४, पुरानकोटका ७३ वर्षे टकबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका ईन्सपेक्टर वसन्त पाण्डेले जानकारी दिए ।

ठक्कर दिने ना ३ ख ७३९४ नम्बरको बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ