हत्या गरेको आरोपमा पाँच जना प्रहरीविरुद्ध उजुरी

हत्या गरेको आरोपमा पाँच जना प्रहरीविरुद्ध उजुरी

ujuri

बैतडी : पाटन नगरपालिका ६ लदेडाका स्थानीयले प्रहरीको कुटाइबाट ७४ वर्षीय कमलाकान्त पन्तको मृत्यु भएको आरोप लगाएका छन् । मंगलबार राति कमलाकान्तका जेठा छोरा लवदेव पन्तले मदिरा सेवन गरी स्थानीयलाई गालीगलौज र हसियाँले आक्रमण गर्न थालेपछि प्रहरी लदेडा पुगेको थियो ।मृतकका छोरा पन्तले हसियाँ प्रहार गर्दा स्थानीय शान्ता पन्त घाइते भएकी छिन् । ।

लवदेवलाई नियन्त्रणमा लिने क्रममा कमलाकान्तलाई पनि प्रहरीले कुटेको स्थानीयले आरोप लगाएका छन् । लवदेवलाई नियन्त्रणमा लिएको एक घण्टामै कमलाकान्तको मृत्यु भएको थियो । कमलाकान्तका कान्छा छोरा प्रकाश कुमार पन्तले पाँच जना प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी सहायक निरीक्षक अशोकबहादुर पाल, प्रहरी हवलदारद्वय जनकसिंह धामी र सुकराम राना, प्रहरी जवान दानसिंह भण्डारी र भूपेन्द्र महराविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।

प्रहरीले उजुरी दर्ता गरेपछि मृतक पन्तको शवको पोष्टमार्टम गरिएको छ । ज्यान मुद्दामा आरोप लागेका प्रहरीमाथि थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ