पोखराबाट निजी गाडी मार्फत पुम्दीभुम्दीमा फोहोर ! महेन्द्रपुलको पवित्रा स्टोरलाई १० हजार जरिवाना

पोखराबाट निजी गाडी मार्फत पुम्दीभुम्दीमा फोहोर ! महेन्द्रपुलको पवित्रा स्टोरलाई १० हजार जरिवाना

View Point

पोखराबाट सुन्दरता अवलोकनका लागि पुम्दी भ्यू पोइन्ट उक्लिन्छन् । तर, सबै सुन्दरता हेर्न मात्र उक्लदैंनन् । सुन्दरता नै बिगार्न पनि उक्लने भेटिएको छ, त्यो पनि आफ्नो रातो नम्बर प्लेटकै गाडीमा पोखरादेखि फोहोर बोकेर ।

शनिबार बेलुकी पोखराको महेन्द्रपुलमा व्यापार गरेर बस्नेहरु फोहोर लिएर पोखरा २२ पुम्दीभुम्दी स्थित भ्यू पोइन्ट पुगे । ग २ च ७६६ नम्बरको गाडीमा गएका उनीहरुले बोरा बोरा फोहोर फाल्न खोज्दा स्थानीय ‘पोखरा भ्यू पोइन्ट क्लब’ को फन्दामा पर्यो । महेन्द्रपुल स्थित पवित्रा स्टोरबाट नबिकेका चप्पल र प्लाष्टिक जन्य फोहोर लिएर उनीहरु पुगेका रहेछन् ।

क्लबका अध्यक्ष सुन्दर बरालले फोहोर फाल्दै गरेको अवस्थामा टंक बराल र कमल बरालको सहयोगमा फोहोर फाल्नेहरु पक्राउ गरिएको जानकारी दिए । उनले पोखरादेखि ठूलो मात्रामा फोहोर लिएर गएका कारण सुरुमै १० हजार जरिवाना तिराएको पनि सुनाए । आगामी दिनमा फोहोर नफाल्न सचेत गराउँदै यसो गरेको पाइएमा कडा कारबाहीको चेतावनी समेत दिएको उनले जनाए ।

क्लबले महिनामै ३ ४ जनालाई यसरी फोहोर फाल्दै गर्दा रंगेहात पक्राउ गरेको छ । गाउँमा चोर्न आउनेहरु समेत क्लबको फन्दामा परेका छन् । गत वैशाख २१ गते काँक्रो चोरी गरेर लैजान खोजेका बेला श्रीमान श्रीमती नै क्लबको नियन्त्रणमा परेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ