मृगौला बेचेर चीनका एक युवकले किने आइफोन !

मृगौला बेचेर चीनका एक युवकले किने आइफोन !

vlcsnap-

काठमाडौं/एजेन्सी । कतिपय युवाहरुमा यति धेरै ‘ग्याजेट’ मोह हुन्छ कि उनीहरु त्यसका लागि जे पनि गर्न तयार हुन्छन् । यस्तै मोह चीनका एक युवकसँग पनि पाइएको छ । उनले आइफोन किन्न आफ्नो किड्नी नै बेचिदिए ।

चीनका १७ वर्षीय जियाओ वाङ्गले आइफोन किन्नका लागि आफ्नो मृगौला बेचेका थिए । शल्यक्रियापश्चात वाङ्लाई एउटा मृगौलामा पनि साधारण जीवनयापन गर्न सकिने बताइएको थियो । तर, ८ वर्षपछि उनी सधैंका लागि अपाङ्ग भएका छन् । र, डायलाइसिसको भरमा बाँचेका छन् ।

साथीभाइमाझ इज्जतदार हुने मानसिकताले जियाओलाई पनि आइफोन बोक्ने रहर जाग्यो तर निम्न वर्गीय परिवारमा जन्मिएका उनीसँग ‘ट्रेन्डी ग्याजेट’ किन्न पैसा नभएका कारण उनले आफ्नो शरिरभित्रको एक स्वस्थ अंग बेचिदिए ।

उनले एउटा मृगौलाको तीन हजार दुई सय डलर अर्थात् तीन लाख ६२ हजार रुपैयाँ पाए । तर दुर्भाग्यवश, यो निर्णयले उनलाई जीवनभर अपाङ बनाइदिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ