‘एभेन्जर्स’ फिल्म हेरेर रुँदारुँदै एक युवती अस्पताल भर्ना

‘एभेन्जर्स’ फिल्म हेरेर रुँदारुँदै एक युवती अस्पताल भर्ना

vlcsnap

 एजेन्सी । कुनै पनि चलचित्र हेर्दा मानिस त्यसको भावनामा बगेर, भावुक हुने, रुने गर्छन् । तर केही दिन अघिमात्र प्रदर्शनमा आएको एभेन्जर्स इन्डगेम नामक चलचित्र हेरेर एक युवती यतिसम्म रोइन् कि उनलाई अस्पताल नै भर्ना गर्नुपयो ।

चीनकी २१ वर्षकी यी युवती मार्वलको सुपरहिरो सिरिज एभेन्जर्स इन्डगेम चलचित्र हेर्न हलमा पुगिन् । चलचित्र हेरेपछि उनी निकै दुःखी भइन् र रुन थालिन् । चलचित्रको अब कुनै पनि नयाँ सिरिज नआउने भएपछि र चलचित्रमा महत्वपूर्ण कालाकारको मृत्यु भएपछि उनी दुखी भइन् ।

हलभित्रै निरन्तर तीन घण्टासम्म रुँदा उनको स्वास्थ्य स्थिति बिग्रन थाल्यो । त्यसपछि उनलाई अस्पताल भर्ना गरियो । अस्पताल पुर्याउँदा उनलाई सास फेर्न समस्या हुनुका साथै हात खुट्टा पनि सुन्निएका थिए । डाक्टरले उनलाई अक्सिजन लगाए र उनलाई सामान्य अवस्थामा ल्याउन निकै सान्त्वना दिनुपरेको थियो ।

विश्वभर प्रदर्शनमा आएको चलचित्र अहिले चर्चामा छ । यो संसारको सबैभन्दा धेरै कमाई गर्ने फिल्ममा पनि समावेश भएको छ । यो चलचित्रले संसारभरी १ हजार १ सय ८६ करोड बढी कमाई गरेको छ ।

Image result for एभेन्जर्स

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ