व्यास नगरपालिकाको चौथो नगरसभा सम्पन्न : १ अर्ब २० करोडको आय व्यय पारित

व्यास नगरपालिकाको चौथो नगरसभा सम्पन्न : १ अर्ब २० करोडको आय व्यय पारित

dav

dav

तनहुँ । व्यास नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । सोमबारबाट सुरु भएको नगरसभा विभिन्न निर्णयहरु गर्दै मंगलबार सम्पन्न भएको हो ।

चौथो नगरसभाले गरेका निर्णय सार्वएजनिक गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले १ अर्ब २० करोड २५ लाख ८५ हजारको आय व्यय पारित गरिएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख न्यौपानेले नगरसभाले विभिन्न ऐन निर्माणको विभिन्न विकास आयोजनालाई बजेट विनियोजन गरिएको बताए ।

नगरसभाले केही निति, कार्यक्रमलाई पनि केही संशोधन सहित पारित गरेको बताए । चौथो नगर सभाले शिक्षा ऐन २०७५, प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक २०७५, संशोधित आर्थिक विधेयक, संशोधित विनियोजन विधेयक, संशोधित फोहोरमैला व्यवस्थापन सम्बन्धि विधेयक, संशोधित सहकारी विधेयक पास गरिएकोको प्रमुख न्यौपानेले बताए ।

यसैवीच मंगलबार राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले व्यास नगरपालिकाका जनप्रतिनिधहरुलाई सुचनाको हक ब्यवाहारीक कार्यान्वयनका बिषयमा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds