आयो ‘छ माया छपक्कै’ को ट्रेलर (भिडियो)

आयो ‘छ माया छपक्कै’ को ट्रेलर (भिडियो)

6 maya chapaki

काठमाडौं – चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा राजनीति र प्रेमको समिश्रण देख्न सकिन्छ । चलचित्रमा दीपकराज गिरी र केकी अधिकारी प्रेममा भएको देखाइएको छ ।

यस्तै चलचित्रमा दीपक र केकीका अलावा, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर वाङदेल, अनुराग कुवँर, बुद्धि तामाङ, जितु नेपाल, केदार घिमिरे, रजनी गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रको स्किृप्ट दीपकराज गिरीले तयार पारेका हुन् भने हरि हुमागाईंले खिचेका हुन् । रोहित अधिकारीको लगानी रहेको यो चलचित्र कमेडी जानरामा निर्माण भएको हो ।

चलचित्र दशैँको अवसर पारेर यही असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ