सुनिल गिरीको नयाँ गीत यात्री सार्बजनिक, भिडियोमा अन्नपूर्ण बेस क्याम्पको मनमोहक दृश्य

सुनिल गिरीको नयाँ गीत यात्री सार्बजनिक, भिडियोमा अन्नपूर्ण बेस क्याम्पको मनमोहक दृश्य

Yatri Sunil Giri

तनहुँ । चर्चित गायक सुनिल गिरिको नयाँ गित सोमबार गिरिको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । गायक गिरिको ‘यात्री’ बोलको गित सोमबार सार्वजनिक गरिएको हो ।

‘को होला त्यो म संग आँखा जुधाउने…’ , ‘देउराली भञ्ज्याङ् …..’ , ‘सोल्टिनी ….’ लगायत दर्जनौं गीत मार्फत नेपाली लोकपप बिधामा स्थापित गायक सुनिल गिरिको नयाँ गीत “यात्री…….” युट्युबमा सार्बजनिक गरिएको हो ।

जिन्दगी र यात्राका अनेकन परिवेश समेटिएको गीतको छायाङ्कन अन्नपूर्ण बेस क्याममा गरिएको छ । घान्द्रुकको बेसि देखि पैदल यात्रा गर्दै अन्नपूर्ण बेस क्याम्प सम्मका आकर्षक प्राकृतिक दृश्य गीतमा समेटिएका छ्न ।

गीतको शब्द, सङ्गीत तथा भिडियोको निर्देशन गायक सुनिल गिरी आफैले गरेका हुन् ।

गितको भिडीयोमा टिकाराम पनेरु, बिनोद अधिकारि, विष्णुकान्त घिमिरे, रामकृष्ण बानियाँ र गायक सुनिल गिरिको अभिनय रहेको छ । भिडियोको छायाङ्कन योगेश दाहालले गरेका हुन् ।

हेर्नुस भिडियो :

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ