विश्वभर मनाइयो बकर इद

विश्वभर मनाइयो बकर इद

yeed3

मुसलमानहरुको सबैभन्दा ठूलो चाड इल उल अजहा अर्थात् बकर इद विश्वभर हर्षोल्लसपूर्वक मनाइएको छ । विश्वभरका करिब १ अर्ब ८० करोड मुसलमानहरुले इस्लामिक क्यालेन्डरको अन्तिम महिना धू अल–हिजाको १० औं दिनमा बकर इद मनाउँछन् । चौपायाको बली दिएर मनाइने यो चाड इस्लाम धर्मको सबैभन्दा महत्वपूर्ण चाड मानिन्छ । मुसलमानहरुले सबैभन्दा महत्वपूर्ण तीर्थ हज पनि यही चाडमा गर्ने परम्परा छ ।

निष्ठा जाँच गर्नका लागि अल्लाहले पैगम्बर इब्राहिमलाई आफ्ना छोरा इस्माइललाई मार्नू भन्ने आदेश दिएको तर, इब्राहिमले इस्माइललाई मार्ने बेला अल्लाह प्रसन्न भएर इस्माइलको स्थानमा भेंडा राखिदिएको विश्वासका आधारमा बकर इद मनाइन्छ । बकर इदमा चौपायाको बली दिइने गरिन्छ । यो चाडमा विश्वभरका मुसलमानहरुले ठाउँअनुसार खसीबोका, गोरु, उँट, भेंडाको बली दिएर आफ्ना साथीभाई नातागोता र आफन्तहरुसँग बाँडेर खाने परम्परा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ