नवलपरासी । कावासोतीमा बृहत निःशुल्क योग तथा बिशेषज्ञ आयुर्वेद स्वास्थ्य शिबिर हुने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको आयोजनामा स्वास्थ्य जीवन अभियान कार्यक्रम अन्तर्गत असार २० गते देखि २२ गते सम्म बृहत निशुल्क योग शिबिर हुने भएको हो । बिशेषज्ञ आयुर्वेद शिबिर आयोजना गरिएको मन्त्रालयका कार्यक्रम संयोजक नवीनकिरण भुसालले जानकारी गराए ।
भुसालका अनुसार आजभोली नसर्ने रोगहरुको प्रकोप बढिरहेको साथै नसर्ने रोगहरुको कारणले अकाल मृत्युको दर बढिरहेको सन्र्दभमा योग जीवनशैली व्यवस्थापन र आयुर्बेदको माध्यमबाट यस्ता समस्याको न्यूनीकरण गर्न सकिने हुनाले कार्यक्रमको आयोजना गरिएको हो ।
शिविरमा बिहान ६ बजे ८ बजेसम्म कावासोती नगरपालिका तीन स्थित सिध्दार्थ आवासीय माबिको माथिल्लो भवन प्राङ्गणमा डा. योगी विकासानन्दको योग प्रशिक्षण साथै २१ गते बिहान ९ बजे देखि ४ बजेसम्म बिशेषज्ञ आयुर्वेद चिकित्सकहरु वाट निःशुल्क स्वास्थय परिक्षण निःशुल्क औषधी वितरण प्रयोगशाला सेवा सहित बिसेषज्ञ आयुर्बेद स्वास्थ्य शिबिर सञ्चालन गरिने कार्यक्रम छ ।
सम्बन्धित खबर
गैंडाकोटमा स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा पर्वतकी पार्वतीको घटनास्थलमै मृत्यु, आशिका घाइते
नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
नेकपा एसका नवलपुर जिल्ला अध्यक्षसहित नेता कार्यकर्ता एमाले फर्किए
नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
दुर्घटनामा परी कांग्रेस नेता एवम् पूर्व मन्त्री बलराम पौडेलको निधन
नवलपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग