पोखरामा बालयौन दुराचारको आरोपमा अस्ट्रेलियन प्याराग्लाइडर पक्राउ, दुई किशोरको उद्धार

पोखरामा बालयौन दुराचारको आरोपमा अस्ट्रेलियन प्याराग्लाइडर पक्राउ, दुई किशोरको उद्धार

bal youn durachar

Photo: Google

पोखरा । केन्द्रिय अनुन्धान ब्यूरो (सिआईबी) र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले पोखराबाट यौन दुराचार आरोपमा अष्ट्रेलियन पर्यटकलाई पक्राउ गरेको छ । ६२ वर्षीय थोमस अल्फ्रेडलाई पोखराको लेकसाइड स्थित एक घरबाट मंगलबार बिहान पक्राउ गरिएको कास्की प्रहरी श्रोतले जनाएको छ ।

झण्डै तीन वर्षदेखि पोखरामा रहेर थोमसले प्याराग्लाइडिङ उडाउँदै आएको थाहा हुन आएको छ । उनी बसेको घरमा छापा मारेर कोठामा रहेका १५ वर्षका दुई बालकलाई पनि उद्धार गरिएको ती प्रहरीले बताए । उनले अन्य बालकमाथि पनि यस्तै यौन दुराचार गरेको आशंका प्रहरीको छ ।

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले संयुक्त टोलीले पक्राउ गरेको पुष्टि गर्दै आफू बैठकमा रहेकाले थप जानकारी सूचना अधिकारीसँग बुझ्न आग्रह गरे । प्रवक्ता एवं डिएसपी राजकुमार केसीले अहिले बालक र आरोपीको स्वास्थ्य जाँच लगायतका काम भइरहेकाले बेलुकीसम्म विस्तृतमा जानकारी दिने गण्डकन्यूलाई बताए ।

नेपालमा बाल यौन दुराचारी पक्राउ गरेको नौलो घटना भने होइन । तर, पोखरामा अहिलेसम्म यस्तो घटना बाहिरिएको थिए । दुई वर्ष बिचमा १२ विदेशी तथा सहयोगी दुई नेपाली सिआईबीले पक्रिसकेको छ ।


संयुक्त राष्ट्र संघमा काम गरिसकेका प्रतिष्ठित र ठूला हैसियतका क्यानेडियन नागरिक ६० वर्षीय पिटर डग्लस बाल यौन दुराचारको आरोपमा पक्राउ परेका थिए । उनलाई दुई साता अघि मात्रै जिल्ला अदालत काभ्रेले ९ वर्ष कैद र १० लाख जरिवानाको फैसला गरिसकेको छ ।

मुलुकी ऐन अनुसार बाल यौन दुराचार अपराध प्रमाणित भए बढीमा १५ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव क्षतिपूर्तिको व्यवस्था रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ