गण्डक न्यूज बारे

गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।

गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।

सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार गण्डक न्यूजको मूल आधार हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा गण्डक न्यूजले कहिल्यै कसैसँग सम्झौता गर्दैन ।

यसले सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, खेलकुद, मनोरञ्जन लगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को गरेको छ । समाजका विकृति, विसंगति, भ्रष्टाचार अन्त्य गर्न निर्भिक पत्रकारिताबाट गण्डक न्यूज कहिल्यै डगमगाउँदैन ।