सम्पादकीय नीति

  • गण्डक न्यूजले तत्काल भन्दा तथ्यपरक समाचारलाई प्राथमिकता दिनेछ । सत्य समाचार तथ्यसहित सम्प्रेषण गर्दा विश्वसनीय रहन्छ । जुन हाम्रो मूख्य लक्ष्य हो ।
  • गण्डक न्यूजले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नेछ । नेपालको प्रतिलिपी अधिकार सम्बन्धी कानुनको पूर्ण पालना गर्न प्रतिबद्ध छ । समाचार सामाग्रीमा संलग्न तस्वीर तथा स्केचहरु आफ्नै श्रोतको प्रयोग गर्ने मूल ध्येय रहनेछ ।
  • गुगल, सामाजिक सञ्जाल लगायतका स्थानबाट उपयोग गर्नुपरेमा श्रोत अनिवार्य उल्लेख गरिनेछ । असावधानी एवं अज्ञानवश हाम्रा कुनै सामाग्रीले प्रतिलिपि अधिकार उल्लङ्घन भएको जानकारी प्राप्त भए लगत्तै त्यस्ता सामाग्री प्रतिलिपि अधिकार रहेको व्यक्ति वा संस्थाको अनुमतिमा श्रोत उल्लेख गरेर वा असहमति रहे हटाउन हिच्किचाउनेछैनौँ ।
  • गण्डक न्यूजले राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सामाग्री प्रयोग गर्नेछ । आवश्यक परे पुनर्लेखन गरेर प्रकाशन गर्नेछ ।
  • गण्डक न्यूजमा प्रकाशित सामाग्री कसैको दबाब प्रभावमा परेर हटाइनेछैन । मानवीय कमजोरीका कारण हुनसक्ने त्रुटि जानकारी प्राप्त भए लगत्तै तत्काल भूल सुधार भने गरिनेछ ।
  • हाम्रा पाठक तथा प्रयोगकर्तासङ्ग हुनसक्ने डिजिटल जानकारी कानुनी रूपमा सम्बन्धित निकायमा उपलब्ध गराउनै पर्ने बाध्यकारी अवस्था बाहेक सबै गोप्य रहनेछ ।
  • गण्डक न्यूज बालबालिका, महिला, यौनिक अल्पसंख्यकका अधिकार, हितका सवालमा गम्भिर रहनेछ । यौन दुर्व्यवहार र यौन हिंसाबारे शून्य सहनशीलतामा पूर्ण प्रतिबद्ध छ ।