भारतबाट आएका ३९ जनालाई क्वारेन्टाइनतर्फ लैजाँदै गरेको ट्रिपर कर्णालीमा खस्यो

भारतबाट आएका ३९ जनालाई क्वारेन्टाइनतर्फ लैजाँदै गरेको ट्रिपर कर्णालीमा खस्यो

karnali river

सुर्खेत – कालिकोटमा भएको टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यस्तै ६ जना वेपत्ता भएका छन् । बुधबार बिहान भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर लालीघाटको भीरबाट कर्णाली नदीमा खसेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ३९ जना यात्रु बोकेर टिप्पर रास्कोटतर्फ जाँदै थियो । दुर्घटनामा नदीमा बगेका ३१ जनालाई जीवितै उद्धार गरिएको कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

यस्तै, घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए । उद्धार गरिएका मध्ये चार जना गम्भीर घाइते छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ