गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित प्रतिभा बिजनेस स्कुलमा सूचना प्रविधिमा स्नातक तह (बीआईटी) को पहिलो शैक्षिक सत्र सुरु भएको छ ।
‘बीआईटी यात्रा शुभारम्भ: सिकाइ, नवप्रवर्तन र व्यावसायिक विकास’ भन्ने नारासहित आयोजित कार्यक्रममा पहिलो ब्याचका विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरणसँगै शिक्षक तथा कर्मचारीका लागि प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले कार्यक्रमको शुभारम्भ गर्दै विद्यार्थीको शैक्षिक तथा व्यावसायिक भविष्य निर्माणका लागि विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीच सहकार्य आवश्यक रहेको बताए । उनले सूचना प्रविधिको क्षेत्रमा अघि बढ्न विद्यार्थीले अनुशासन, निरन्तर सिकाइ र व्यावहारिक ज्ञानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
प्राचार्य रविप्रसाद बरालले सूचना प्रविधिको तीव्र विकाससँगै विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक सीप, सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्ने उद्देश्यले बीआईटी कार्यक्रम सञ्चालन गरिएको बताए । विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गरी प्रमाणपत्र प्राप्त गर्ने लक्ष्यमा सीमित नराखी बदलिँदो प्रविधि र रोजगारीको विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्तिका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सूचना प्रविधि विज्ञ डा. विदुर देवकोटा र निर्देशक किरण सापकोटाले विद्यार्थीलाई स्वागत गर्दै बीआईटी अध्ययनका क्रममा अनुशासन, निरन्तर सिकाइ, प्रविधिको सदुपयोग र व्यावसायिक संस्कारलाई प्राथमिकता दिन आग्रह गरे ।
कार्यक्रमको दोस्रो चरणमा विद्यार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । विभागीय प्रमुख भावना पौडेलले बीआईटीको पाठ्यक्रम, शैक्षिक प्रणाली, मूल्याङ्कन पद्धति तथा विद्यार्थीले पालना गर्नुपर्ने शैक्षिक अपेक्षाबारे जानकारी दिइन् । प्राचार्य बरालले ‘डेयर टु ड्रिम, ग्रो, एन्ड लिड’ विषयमा प्रेरणात्मक प्रस्तुति दिँदै विद्यार्थीलाई ठूलो सपना देख्न, निरन्तर सिक्न, चुनौतीको सामना गर्न र भविष्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गरे ।
अभिमुखीकरणको अन्त्यमा विद्यार्थी आर्जित पौडेलले विद्यार्थीका तर्फबाट मन्तव्य राख्दै कार्यक्रम विद्यार्थीकेन्द्रित र उपयोगी रहेकोमा खुसी व्यक्त गरे ।
शिक्षक तथा कर्मचारीका लागि आयोजित प्रशिक्षणमा डा. विदुर देवकोटाले ‘व्यावसायिक सूचना प्रविधि शिक्षक बन्ने उपाय’ विषयमा प्रशिक्षण दिए। प्राचार्य बरालले ‘शैक्षिक अपेक्षा, भूमिका तथा जिम्मेवारी, विद्यार्थी सहयोग र संस्थागत संस्कृति’ विषयमा अभिमुखीकरण गराए ।
प्रतिभा बिजनेस स्कुलले बीआईटी कार्यक्रममार्फत सूचना प्रविधिको क्षेत्रमा दक्ष, सिर्जनशील, व्यावहारिक र रोजगारमुखी जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ । विश्वविद्यालयसँगको सहकार्यमा कार्यक्रमलाई प्रविधि, नवप्रवर्तन, उद्यमशीलता र व्यावसायिक विकाससँग जोड्दै अघि बढाउने विद्यालयको योजना रहेको छ । कार्यक्रमको सञ्चालन भवानी पौडेलले गरिन भने सत्रको अध्यक्षता सन्देश पौडेलले गरेका थिए ।
सम्बन्धित सामाग्री
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
यो पनि पढौँ
रामघाटमा सेती नदी थुनिँदा बन्यो ताल [तस्वीरहरू]
‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन
बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी