नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले माओवादी केन्द्रलाई देशकै सबभन्दा ठूलो पार्टी बनाउने दाबी गरेका छन्।
सोमबार आयोजित पार्टीको केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण बैठकमा बोल्दै प्रचण्डले माओवादी आकारमा सानो भए पनि एजेण्डाका आधारमा देशको सबभन्दा ठूलो पार्टी रहेको दाबी गरेका हुन्।
विचार आधारित विधि पद्धति आधारित र सबै तहमा निर्वाचित प्रतिनिधि रहेको देशकै सबभन्दा ठूलो पार्टी माओवादी केन्द्र बन्नेछु,उनले भने,सानो भए पनि एजेण्डाका आधारमा माओवादी अहिले पनि देशको सबभन्दा ठूलो दल हो। संविधानसभा, गणतन्त्र, संघीयताजस्ता परिवर्तनका सबै एजेण्डा हाम्रै हुन् भन्नेमा कोही कसैलाई भ्रम छैन।
केपी ओलीको प्रतिगमनविरूद्ध संघर्षको नेतृत्व नै माओवादीले गरेको उनले दाबी गरे। प्रचण्डले विधि र पद्धतिसम्मत रूपमा पार्टी सञ्चालन गरिने बताए।
अबदेखि पार्टीका सबै कमिटीका सदस्यदेखि पदाधिकारीसम्म निर्वाचनमार्फत् चुनिने भन्दै उनले निर्वाचन आयोगको जानकारी र उपस्थितिबिना कुनै पनि कमिटीको निर्वाचन वा सम्मेलन नहुने स्पष्ट गरे।
‘विधिसम्मत निर्वाचन सम्पन्न भएर आयोगले प्रमाणपत्र दिएर प्रमाणित नभएसम्म त्यसले आधिकारिकता पाउने छैन’, उनले भने।
कार्यक्रममा माओवादी केन्द्रीय कार्यालय इञ्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले व्यक्तिगत महत्वकांक्षा र स्वार्थका लागि पार्टीभित्र गुटबन्दी नगर्न आग्रह गरे।
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो