अन्तिम समयमा माधव कुमार नेपाललाई छाडेर एमालेमै बसेका पार्टीका सचिव योगेशकुमार भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबारे बुधबार गरेको टिप्पणीमा भइरहेको आलोचनाप्रति कटाक्ष गरेका छन्।
एमालेको १० औँ महाधिवेशन प्रचारबारे बुधबार पत्रकार सम्मेलनमा बताउने क्रममा योगेशले नेपाल नेतृत्वको पार्टीलाई अवैधानिक सम्बन्धपछि जन्मिएको सन्तान भनेका थिए। त्यसैलाई लिएर नेपालका कार्यकर्ता र उनका विरोधीलेसमेत आलोचना गरिरहेका बेला उनले जवाफ फर्काएका हुन्।
योगेशले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् आफूले घुँडामा मात्रै हाने पनि टाउकैमा लागेर मित्रहरु बर्बराउन थालेको भनेका छन्।’घुँडामुनि हानेको त टाउको मै लागेछ कि के हो? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त!’, उनले बिहीबार बिहान भनेका छन्।
योगेशले नेकपा एमालेले आफूबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो १०औँ महाविधेशनमा अतिथिका रूपमा नबोलाउने बताएका थिए।
एमाले महाधिवशेनमा माधव नेपाललाई बोलाउने कि नबोलाउने भनेर पत्रकारले जिज्ञासा राख्दा भट्टराईले ‘अवैधानिक’, ‘पहिचान स्पष्ट नभएका’ पार्टीलाई नबोलाइने बताएका थिए।
‘कतिपय राजनीतिक दलको पहिचान स्पष्ट छैन। अवैध तरिकाबाट बनेका पार्टी छन्’, उनले भनेका थिए, ‘अवैधानिक सम्बन्धबाट बनेका पार्टीलाई सहभागी गराइरहनु पर्दैन। अरू राजनीतिक दलहरू सहभागी हुन्छन्।’
सम्बन्धित खबर
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने