स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।
फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जीटीले खेलकुद क्षेत्रको विकासका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए । उनले खेलकुदले अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्ने आधार तयार गर्ने धारणा समेत राखेका छन् ।
कार्यक्रममा जिल्ला शिक्षा विकास अधिकारी विश्वराज आचार्य, पुतलीबजार नगरपालिकाका शिक्षा प्रमुख बाबुराम बराल लगायतले पनि खेलकुदको महत्वबारे आआफ्ना भनाइ व्यक्त गरेका थिए ।
प्रतियोगिताअन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको छ । एथलेटिक्सअन्तर्गत ट्र्याक तथा फिल्ड, मार्सल आर्टतर्फ कराते, तेक्वान्दो र उसु समावेश छन् भने भलिबल र कबड्डीमा छात्र तथा छात्रा दुवै तर्फका खेलहरू सञ्चालन भइरहेका छन् ।
प्रतियोगितामा जिल्लाभरिका १० पालिकाका करिब नौ सय खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा व्यक्तिगत तथा समूहगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू बागलुङमा हुने प्रदेशस्तरीय प्रतिस्पर्धाका लागि छनोट हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रकाश रेग्मीले बताए ।
सम्बन्धित खबर
भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप
वालिङको सामुदायिक विद्यालयले सुरु गर्यो केराखेती
स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष