नवनियुक्त प्रधानमन्त्री बालेनलाई अमेरिका, भारत र चीनको बधाई

राजनीति

नवनियुक्त प्रधानमन्त्री बालेनलाई अमेरिका, भारत र चीनको बधाई

usa india china flag

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ ।

यहाँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ ।

मोदीले दिए समकक्षी शाहलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्।

शुक्रबार प्रधानमन्त्री शाहको नियुक्ति एवं शपथ ग्रहणपछि भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका हुन्।

उनले नजिकबाट काम गर्ने चाहना व्यक्त गरेका छन्।

‘नेपालको प्रधानमन्त्रीको रूपमा नियुक्त बालेन्द्र शाहलाई हार्दिक बधाई। तपाईंको नियुक्ति नेपालका जनताले नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब हो। दुई देशका जनताको पारस्परिक हितका लागि भारत-नेपाल मैत्री र सहकार्यलाई अझ उचाइँमा पुर्‍याउन नजिकबाट सहकार्य गर्न हेरिरहेको छु,’ उनले भने।

चीनको बधाई, सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

उत्तरी छिमेकी चीन सरकारले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएको छ।

चिनियाँ विदेश मन्त्रालयले शुक्रबार प्रधानमन्त्रीको पदभार सम्हालेकोमा शाहलाई बधाई दिँदै नेपालसँगको परम्परागत मित्रतालाई अझै सुदृढ बनाउन तयार रहेको जनाएको छ।

यसका साथै, नयाँ सरकारसँग मिलेर व्यावहारिक सहकार्यलाई विस्तार गर्दै द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि चीनले व्यक्त गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds