शिक्षामन्त्री सस्मित पोखरेलले एसइई दिएका विद्यार्थीलाई लक्ष्य गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताएका छन्।
सोमबार मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूको प्रश्नमा एसइई दिइसकेका र कक्षा ११ मा जान तयारी गरिरहेका विद्यार्थीलाई लक्ष्य गरेर सञ्चालन हुँदै आएका ट्युसन सेन्टर र ब्रिज कोर्सलाई रोक्ने निर्णय गरिएको बताए।
‘एसइई दिएका विद्यार्थीलाई ब्रिज कोर्सले तानातान गर्ने भएकाले यो तत्कालै रोक्ने निर्णय गरिएको हो,’ उनले भने।
मन्त्रालयले आइतबार ‘विद्यालय तहदेखि उच्च शिक्षासम्म भर्नाका लागि सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने’ निर्णय सहितको सूचना सार्वजनिक गरेको थियो। तर त्यस्ता कक्षा सञ्चालन गर्ने व्यवसायीहरूले विरोध जनाएपछि सोमबार बिहान उक्त सूचना मन्त्रालयको वेबसाइटबाट हटाइएको छ।
मन्त्री पोखरेलले रिजल्टको अवधिसमेत छोट्याइएको उल्लेख गर्दै यस्तो अवस्थामा अनावश्यक प्रतिस्पर्धा र दबाब कम गर्न कदम चालिएको बताएका छन्।
वैशाख १ देखि नै यस्तो प्रकारका कक्षा सञ्चालनमा रोक लगाइने उनले बताएका छन्। साथै, एसइईभन्दा माथिका कोचिङ र ट्युसन सेन्टरहरूलाई पनि कानुन अनुसार नियमन गरिने उनले बताए।
सरोकारवालाहरूसँग परामर्श नगरी एकतर्फी रूपमा निर्णय गर्ने र पछि सच्याउने सरकारी प्रवृत्ति पहिलेदेखि नै देखिँदै आएको थियो। यसपालि पनि त्यही स्थिति दोहोरिएको छ।
सम्बन्धित खबर
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
तीन पूर्वप्रधानमन्त्रीमाथि पनि प्रहरीले थाल्यो सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
भारतमा निर्वासित तिब्बती जनसरकार प्रमुखले दिए प्रधानमन्त्री शाहलाई शुभकामना
पूर्व प्रधानमन्त्री ओलीमा ५ स्वास्थ्य समस्या देखियोः शिक्षण अस्पताल
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो १ हजार ४९ पेजको सुशासन मार्गचित्र
सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने, विद्यार्थी काउन्सिल राख्ने
यो पनि पढौँ
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने