जनता समाजवादी पार्टीको अध्यक्षमा महन्थ र उपेन्द्र, वरिष्ठ नेतामा बाबुराम भट्टराई

जनता समाजवादी पार्टीको अध्यक्षमा महन्थ र उपेन्द्र, वरिष्ठ नेतामा बाबुराम भट्टराई

Jasapa Party Darta

काठमाडौं । जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यसमिति अध्यक्ष भएका छन् ।

यस्तै, अशोक राई, डा.बाबुराम भट्टराई र राजेन्द्र महतो वरिष्ठ नेताका रुपमा रहेका छन् ।

ठाकुर र यादवको अध्यक्ष रहने गरी आइतबार समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको हो ।

जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको छ ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो ।

तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ