धादिङमा कपडा पेल्ने मेसिन पड्किँदा २ जनाको मृत्यु (फोटो/भिडियो)

धादिङमा कपडा पेल्ने मेसिन पड्किँदा २ जनाको मृत्यु (फोटो/भिडियो)

1

धादिङ, १५ फागुन । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आज कपडा पेल्ने मेसिन पड्किँदा दुईजनाको मृत्यु भएको छ ।

मर्मत गर्न लागिएको अवस्थामा मेसिन विष्फोट हुँदा भारत मोतिहारीका ५० वर्षीय अब्दुल जलील अन्सारी र १८ वर्षीय मन्टु अन्सारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए ।

अब्दुलको घटनास्थलमै र अन्सारीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाटपुर्जा उछिट्टिएर काम गरिरहेका मजदुरलाई लाग्दा उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अन्सारीले धादिङबेसीमा नौलो सिरक डसना पसल संचालन गर्दै आइरहेका थिए ।

.

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds