काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बङ्ला एयरवेजको जहाजमा दुर्घटनामा परेको छ। जहाजमा ठूलो आगलागी पछि ध्वस्त भएको छ ।

बंगलादेशको ढाकाबाट आएको बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो। ठूलो आवाजसहित जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्।
https://www.facebook.com/gandaknews/videos/792239144301673/
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको जहाजमा ६७ यात्रु र चालक दल ४ गरी ७१ जना मध्ये ५० भन्दा बढीको मृत्यु भएको विमानस्थलका अधिकारीले अाशका गरेका छन् ।

‘दुर्घटनामा पचास भन्दा बढी यात्रुकाे मृत्यु भएको अाशंका छ ।’ त्रिभूवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘यकिन विवरण संकलन गरिरहेका छौ । शव निकाल्ने काम पनि जारी छ ।’

१४ जना घाइतेलाई उद्दार गरी एम्बुलेन्समार्फत सिभिल अस्पताल र केमएसी अस्पताल पुर्याइएको छ ।

अझै थप घाइतेको उद्दार कार्य जारी छ। दमकलको सहायताले जहाजको आगो नियन्त्रणमा लिइएको छ । विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ ।

.

.

.

सबै तस्विर kantipurdaily.com, nagariknews.com, बाट लिईएका हुन् ।
सम्बन्धित खबर
सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने, विद्यार्थी काउन्सिल राख्ने
भदौ २४ को घटनाबारे छानबिन गर्न सरकारले एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति बनाउने
बालेन सरकारको निर्णय : दलीय ट्रेड युनियन खारेज गर्ने
‘भदौ २४ को विध्वंसमा संलग्नलाई पनि कारबाही हुनुपर्छ’
ओली र लेखक पक्राउसँगै कांग्रेसमा समानान्तर गतिविधि सुरू, बेग्लाबेग्लै विज्ञप्ति
ओली-लेखक पक्राउ अपरिपक्व निर्णय: पूर्वराष्ट्रपति भण्डारी
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष