काठमाडौं, २८ फागुन । बंगलादेशकी सरिन अहमद पोखरा घुम्न साथीसँगै ढाकाबाट काठमाडौं उडेकी थिइन् । तर, काठमाडौंमा पाइला टेक्नै नपाउँदै जे भयो, त्यो कहालीलाग्दो छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको यूएस बंगलाको विमान सवार ७१ यात्रुमध्ये उनी पनि एक थिइन् । यति मात्र होइन, दुर्घटनामा परेर पनि जीवित रहेका २१ ‘भाग्यमानी’ मध्ये पनि उनी एक हुन् ।
तर, उनले आफ्नो साथी गुमाएकी छन् ।
सरिनका अनुसार आफूहरु सवार विमान काठमाडौंको आकाशमा आएपछि पाइलटले विमान अवतरण गर्ने तयारीमा रहेको जानकारी गराएका थिए । तर, अवतरण हुन सकेन ।
त्यसपछि घुमेर फेरि अवतरणको प्रयास भयो । विमान देब्रेतिर धेरै ढल्कियो । उनलाई केही असहज लाग्यो ।
तर, पाइलटले अवतरण गर्ने तयारीमा छौं भनेकाले उनीसहित सबै यात्रुहरु ढुक्कजस्तै थिए ।
उनी भन्छिन्, ‘सबथोक अचानक भयो ।’
मसँग एक साथी थिए । तर, उनी त्यहीँ … यति भनेर उनले गहभरि आँशु बनाइन् । शायद उनलाई साथी गुमाएको थाहा भइसकेको थियो ।
२९ वषर्ीया सरिन स्कुलमा काम गर्थिन् ।
साथीसँग पोखरा घुम्न उनी पहिलोपटक नेपाल आएकी हुन् । उनीहरुको शुक्रबार बंगलादेश फर्किने योजना थियो ।
तर, पहिलोचोटि काठमाडौं अवतरण गर्ने क्रममा उनी दुर्घटनामा परिन् । उनको खुट्टामा चोट लागेको छ । साथी गुमेका छन् ।
विमान दुर्घटनापछिको भयावह अस्वस्था सम्झँदै उनी भन्छिन्, ‘सबैले भगवान पुकारिरहेका थिए । म र अर्की एकजनाले सहयोग माग्दै धेरै चिच्यायौं ।’
उनका अनुसार दुर्घटनालगत्तै विमानमा आगो लाग्यो । झण्डै २० मिनेटमा आगो नियन्त्रणमा आयो । त्यसपछि उनले केही राहतको सास फेरिन् तर, त्यतिबेलासम्म धेरैले ज्यान गुमाइसकेका थिए ।
सरिन भने विमानबाट ओर्लेर हिँडेरै एम्बुलेन्ससम्म पुगिन् ।
अस्पतालमा भेट्ने धेरैले उनलाई तपाई त भाग्यमानी हुँनुहुँदोरहेछ भनिरहेका थिए । तर, उनी भने गहभरि आँसु पार्दै भन्दै थिइन, मैले मेरो साथी गुमाएँ ।’
-अनलाइनखबरबाट
सम्बन्धित खबर
सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने, विद्यार्थी काउन्सिल राख्ने
भदौ २४ को घटनाबारे छानबिन गर्न सरकारले एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति बनाउने
बालेन सरकारको निर्णय : दलीय ट्रेड युनियन खारेज गर्ने
‘भदौ २४ को विध्वंसमा संलग्नलाई पनि कारबाही हुनुपर्छ’
ओली र लेखक पक्राउसँगै कांग्रेसमा समानान्तर गतिविधि सुरू, बेग्लाबेग्लै विज्ञप्ति
ओली-लेखक पक्राउ अपरिपक्व निर्णय: पूर्वराष्ट्रपति भण्डारी
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष