काठमाडौं, २६ चैत – त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानकाे हलमा एक हजार वटा नयाँ कुर्सी राखिएको छ । विभानस्थलमा यात्रुलाई सहज हुने गरी भौतिक सुधारको काम सुरु भएको हो ।
यात्रुले कुर्सी पनि नपाएको गुनासो गरेपछि पर्यटनमन्त्री रविन्द्र अधिकारीको निर्देशनमा नयाँ कुर्सी राखिएको विमानस्थलले जनाएको छ । आकाशमा जहाज धेरैबेर होल्ड हुँदा विमानस्थलको प्रस्थान कक्षमा यात्रुको भिड जम्मा हुने गरेको छ ।
कुर्सी पनि नहुँदा निकै गाह्रो हुने गरेको यात्रुको गुनासो पछि पर्यटनमन्त्री रविन्द्र अधिकारीले यात्रुलाई सहज हुने वातावरण मिलाउन निर्देशन दिएका थिए । पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई मेन्सन गर्दै आइतबार पत्रकार तथा कवि भोजराज न्यौपानेले टुइट गरे “प्रिय रविन्द्र दाइ१ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको डोमेस्टिक सेक्सनमा देखिएको यो दृश्यले निकै दुस्ख लाग्यो। अहिलेलाई कम्तिमा यात्रुलाई बस्ने ठाउँ भएपनि बनाउनु पर्यो दाइ १ बाँकी पर्यटन विकास त गर्दै गरौंला।”
भोलिपल्ट उनैलाई मेन्सन गर्दै मन्त्री अधिकारीले ट्वीट गरे, ‘प्रिय भाइ भोज राज आजको २० दिनमा कम्तीमा १०० कुर्सी भएको थप कक्ष तयार गर्ने गरी आज बाट काम गर्न लगाएको छु। सुझावलाई सधै स्वागत छ।’ सामाजिक सञ्जालबाट आएको सुझावलाई तुरुन्त रियाक्ट गर्दै उनले एक्शन लिए ।
‘यात्रुको अन्तिम सुरक्षा जाँचपछि प्लेन चढ्नुअघि प्रतीक्षामा बस्नुपर्ने कक्षमा एक हजार नयाँ कुर्सी थपेका छौं । अब अब यात्रुले विदेश प्रस्थानको समयमा हलमा उभिनुपर्ने छैन,’ विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरले भने,’यी कुर्सी अन्तर्राष्ट्रिय स्तरका हुन् ।’
यस्तै विमानस्थलमा जहाजको चाप धेरै हुँदा अनेक समस्या आएको भन्दै २१ घन्टा विमानस्थल चलाउनको लागि अध्ययन सुरु भएको पनि जानकारी प्राप्त भएको छ । मन्त्री अधिकारीले अाइतबार मात्रै आन्तरिक उडान कक्षतर्फ पनि २० दिनमा कम्तिमा १ सय कुर्सी राख्न निर्देशन दिएका थिए ।
अहिले त्रिभुवन विमानस्थलमा दैनिक ४ सय उडान हुने गरेका छन । औसतमा २ मिनेट ४२ सेकेन्डमा उडान र अवतरण हुने गरेको छ । अधिकारीले गएको चैत १६ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारको योजना अघि सारेका थिए ।
१८ बुँदा सार्वजनिक गर्दै मन्त्री अधिकारीले सय दिनमा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल सुधार गर्ने दाबी गरेका थिए । यस्तै, एयर ट्राफिकमा देखिएको समस्या समाधान गरी विमानस्थललाई २१ घन्टा सञ्चालन गराउने अधिकारीको योजना थियो ।
अहिलेः भुईंमा लड्नुपनपर्ने र उभिनु नपर्ने भएको छ

.

पहिलेः विमानस्थलमा पर्यटकलाई सास्ती

.

.

.

सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान