कर्णाली–रारा पर्यटन वर्ष २०७५ शुभारम्भको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेश सरकारको आयोजनामा सुरु हुन लागेको पर्यटन वर्षको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।
पर्यटन वर्ष शुभारम्भ कार्यक्रममा सहभागी हुन पर्यटन मन्त्री रविन्द्र अधिकारी, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश प्रमुख, प्रदेश तथा संघीय सांसदहरु, प्रदेश मन्त्रालयका कर्मचारीहरु, सञ्चारकर्मीहरु रारा पुगेका छन् । अतिथि व्यवस्थापन, स्वागत गेट, मञ्च व्यवस्थापन लगायतका तयारीहरु अन्तिम चरणमा पुगेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले जानकारी दिए ।
नया वर्षसंगै प्रदेश सरकारको निमन्त्रणमा यहा“ आउने आगन्तुकहरुलाई आवास व्यवस्थापन गर्न टेन्ट बनाइएको छ । करिब डेढ सय टेन्ट छन् । पर्यटन वर्षकै सुरु दिनमा पाहुनाहरुलाई खाना, बस्नको दुःख नहोस् अस्थायी होटल सञ्चालनमा ल्याइएको छ ।
प्रधानमन्त्रीसहित विशिष्ट पाहुनाहरुका लागि निकुञ्ज सुरक्षार्थ श्रीदल गुल्मले खाना तथा आवास व्यवस्थापनको जिम्मा लिएको छ भने प्रदेश मन्त्रीहरुलाई निकुञ्जभित्र रहेको भिलेज हेरिटेज रिर्सोटमा बस्ने व्यवस्था मिलाइएको छ । सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतलाई टेन्टमा बसाल्ने तयारी छ ।
जिल्ला मूल समारोह समितिका संयोजक पूर्णबहादुर रोकायाले पर्यटन वर्ष उद्घाटनको सबै तयारी अन्तिम चरणमा पुगेको जनाए । त्यस्तै, पर्यटन वर्ष उद्घाटनका लागि वल्डलिंकले इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । कार्यक्रमका लागि नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालित छन् ।
प्रदेश सरकारको पहिलो बैठकले नया वर्षका अवसरमा प्रमुख पर्यटकीय स्थल मुगुको राराताललाई केन्द्रमा राखेर ‘पर्यटन वर्ष’ मनाउने निर्णय गरेको थियो । ‘कर्णाली सम्वृद्धिको आधार ः पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ पर्यटन वर्ष मनाउन लागिएको हो ।
प्रधानमन्त्री ओली शुक्रबार रारा आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा प्रदेश सरकारको मन्त्रीपरिषद बैठक बस्नेछ । बैठकमा मुगुको तिब्बत नाका नाक्चेनाङ्गलालाई राष्ट्रिय प्राथमिकतामा पार्न प्रधानमन्त्रीसमक्ष अनुरोध गर्ने तयारी भएको प्रदेश सरकारका एक मन्त्रीले बताए ।
प्रधानमन्त्रीले शनिबार बिहान ८ बजे राराबाट देशबासीका नाउमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका पे्रस संयोजक चेतन अधिकारीका अनुसार सम्बोधन लगत्तै प्रधानमन्त्री हुम्लाको हिल्सा नाका पुगेर ११ बजे पुनः रारा फर्किनेछन् । रारामा प्रधानमन्त्रीले बोटिङसमेत गर्ने कार्यतालिका छ ।
१२ बजे पर्यटन वर्ष उद्घाटन सकेर २ बजे जुम्ला प्रस्थान गर्दैछन् । जुम्लामा उनकै अध्यक्षतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक बस्नेछ । मुगुमा रहदा प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसंग भेटघाट गर्नुका साथै विद्यालय भर्ना अभियानको प्रारम्भ गर्ने कार्यक्रम छ । आज साझ कर्णालीको रारामा प्रधानमन्त्रिको प्रमुख आतिथ्यमा कर्णाली प्रदेशको पहिलो बैठक बसकेको छ ।
सम्बन्धित खबर
सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने, विद्यार्थी काउन्सिल राख्ने
भदौ २४ को घटनाबारे छानबिन गर्न सरकारले एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति बनाउने
बालेन सरकारको निर्णय : दलीय ट्रेड युनियन खारेज गर्ने
‘भदौ २४ को विध्वंसमा संलग्नलाई पनि कारबाही हुनुपर्छ’
ओली र लेखक पक्राउसँगै कांग्रेसमा समानान्तर गतिविधि सुरू, बेग्लाबेग्लै विज्ञप्ति
ओली-लेखक पक्राउ अपरिपक्व निर्णय: पूर्वराष्ट्रपति भण्डारी
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष