काभ्रे, ५ वैशाख– हलुका खालका सवारी साधन मात्र गड्ने गरी निर्माण गरिएको बिपी राजमार्ग बालुवा र गिट्टी बोक्ने टिप्परका कारण क्षतिग्रस्त बन्दै गएको छ । टिप्परकै कारण राजमार्गमा गुड्ने अन्य साना गाडीका यात्रुहरुले ठूलै समस्या भोग्नु परेको छ ।
सर्वसाधारणले त समस्या भोगेका छन् नै संघीय सरकारका मन्त्री समेत टिप्परको आतंकबाट पीडित भएका छन् । मंगलवार बिपी राजमार्ग हुँदै महोत्तरीको बर्दिवास जान लागेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलेको गाडी टिप्परको ठक्करबाट क्षतिग्रस्त बनेको छ ।
बा ४ ख ९४८६ नम्बरको टिप्परले ठक्कर दिँदा मन्त्री पोखरेल चढ्ने बा २ झ ३३९७ नम्बरको गाडीका चालक समेत सामान्य घाइते भएका छन् । टिप्परको ठक्रबाट गाडीको अगाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
विद्यालय भर्ना अभियानसम्बन्धी कार्यक्रममा सहभागी हुन शिक्षामन्त्री पोखरेल गृहजिल्ला जान लागेकाले खाली गाडी बिपी राजमार्ग हुँदै बर्दिवास जाँदै थियो । मन्त्री भने प्लेनमार्फत् गृहजिल्ला गएकाले दुर्घटनाबाट जोगिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सहकुल थापाले मन्त्रीको गाडीलाई ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको बताए । गाडीमा भएको क्षतिको पूर्ति गरेपछि उनीहरुलाई छाडिने एसपी थापाले बताए ।लोकान्तरमा न्युज छ ।
सम्बन्धित खबर
सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने, विद्यार्थी काउन्सिल राख्ने
भदौ २४ को घटनाबारे छानबिन गर्न सरकारले एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति बनाउने
बालेन सरकारको निर्णय : दलीय ट्रेड युनियन खारेज गर्ने
‘भदौ २४ को विध्वंसमा संलग्नलाई पनि कारबाही हुनुपर्छ’
ओली र लेखक पक्राउसँगै कांग्रेसमा समानान्तर गतिविधि सुरू, बेग्लाबेग्लै विज्ञप्ति
ओली-लेखक पक्राउ अपरिपक्व निर्णय: पूर्वराष्ट्रपति भण्डारी
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष