काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाशुपत क्षेत्र गएर हिन्दूहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा एवं दर्शन गरे ।
उनलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं रवीन्द्र अधिकारीले स्वागत गरे । मुक्तिनाथमा विशेष पूजाआजा र दर्शनपछि मोदी पुनः काठमाण्डौ फर्किएर पशुपतिनाथ पुगेका हुन् ।

मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । यसपटक मोदीले पूजा आजा एवं दर्शनका क्रममा मन्दिर परिसरमा ५० मिनेट बिताएका थिए । प्रधानमन्त्री मोदीलाई नेपाल वेद विद्याश्रमका १०८ ब्राह्मण बटुकले स्वस्तिवाचन सहित मूल मन्दिरभित्र स्वागत गरेका थिए ।
उनले पशुपति दर्शन विधिअनुसार पशुपति परिसरका मन्दिरको दर्शन एवं पूजा गरी मूल मन्दिरमा वैदिक रुद्राभिषेकसहित विशेष पूजा गरे। मन्दिरका मूल भट्ट गणेश भट्टले पूजा गराएका थिए। मोदीलाई संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीले पशुपतिनाथ मूर्तिसहितको फ्रेम उपहार दिए।

के लेखे मोदीले पशुपतिको आगन्तुक पुस्तिकामा?
मोदीले फेरि एक पटक पशुपतिनाथको दर्शन गर्न पाउँदा खुसी लागेको बताएका छन्। पशुपतिनाथको मन्दिर भारत र नेपालका हिन्दु धर्मावलम्बीको साझा धार्मिक विरासतको प्रतिक भएको बताएका छन्।
पशुपतिनाथको दर्शनपछि राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मोदीले यस्तो बताएका हुन्।

पूजापछि मन्त्री अधिकारीले मन्दिर परिसरमा भारतीय प्रधानमन्त्री मोदीले विशेष पूजा गरेको जानकारी दिए।
तस्विरः रासस
सम्बन्धित खबर
सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने, विद्यार्थी काउन्सिल राख्ने
भदौ २४ को घटनाबारे छानबिन गर्न सरकारले एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति बनाउने
बालेन सरकारको निर्णय : दलीय ट्रेड युनियन खारेज गर्ने
‘भदौ २४ को विध्वंसमा संलग्नलाई पनि कारबाही हुनुपर्छ’
ओली र लेखक पक्राउसँगै कांग्रेसमा समानान्तर गतिविधि सुरू, बेग्लाबेग्लै विज्ञप्ति
ओली-लेखक पक्राउ अपरिपक्व निर्णय: पूर्वराष्ट्रपति भण्डारी
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष