काठमाडौँ । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई उपचाररत न्यूरो अस्पताल बाँसबारीमा भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उनको निधनको हल्ला चलिरहँदा शुक्रबार राति भेन्टिलेटरबाट बाहिर निकालिएको न्यूरो अस्पतालले जानकारी दिएको छ ।
उनको स्वास्थ्यमा केही सुधार आएको छ । तर डा. देवकोटालाई अहिले पनि सघन उपचार कक्ष, आइसियुमा राखिएको अस्पतालले बताएको छ । डा. देवकोटाका बारेमा बाहिर आएका कुरा सबै हल्ला रहेको र उनको उपचार भइरहेको बताएको छ । डा. उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचाररत छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा गएको अप्रिलसम्म उतै रहेका थिए । तर त्यहाँ उपचार सम्भाव नभएपछि उनी जीवनको अन्तिम क्षण नेपालमै बिताउने भन्दै गएको वैशाख १५ मा आएका हुन् ।
डा. देवकोटा पित्त थैलीको क्यान्सरबाट ग्रस्त छन् । आफूलाई लागेको जटिल रोगको बेलायतमा उपचार गराउँदा पनि सम्भव नभएपछि डा. देवकोटा नेपाल आएका हुन् । उनको कलेजोको भेट्नोमा मासु पलाएको (कोलोन्जियो कार्सीनोमा) । यसको उपचारका लागि उनले बेलायतमा किमो लिएका थिए ।
निधनको हल्ला फैलाएको प्रति परिवारको गम्भीर आपत्ति
अस्पतालमा उपचार भइरहेको व्यक्तिको निधन भएको भनेर सामाजिक सञ्जलामा फैलिएको हल्लाप्रति डा. उपेन्द्र देवकोटाको परिवारले गम्भीर आपत्ति जनाएको छ ।
न्यूरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा अहिले केही सुधार आएको छ । उनलाई शुक्रबार रातिदेखि भेन्टिलेटरबाट निकालिएको छ । उनको अहिले सघन उपचार कक्ष, आइसियुमा राखेर उचार भइरहेको छ ।
तर शुक्रबार रातिदेखि डा. देवकोटाको निधन भएको भन्ने झुठो खबर सामाजिक सञ्जालमा फैलिएको थियो । त्यसप्रति डा. देवकोटाको परिवारले गम्भीर आपत्ति जनाएको छ । डा. देवकोटाको परिवारले कसैको जीवनलाई यस्तो खेलाँचीको रुपमा नलिन आग्रह गरेको छ ।

सम्बन्धित खबर
सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने, विद्यार्थी काउन्सिल राख्ने
भदौ २४ को घटनाबारे छानबिन गर्न सरकारले एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति बनाउने
बालेन सरकारको निर्णय : दलीय ट्रेड युनियन खारेज गर्ने
‘भदौ २४ को विध्वंसमा संलग्नलाई पनि कारबाही हुनुपर्छ’
ओली र लेखक पक्राउसँगै कांग्रेसमा समानान्तर गतिविधि सुरू, बेग्लाबेग्लै विज्ञप्ति
ओली-लेखक पक्राउ अपरिपक्व निर्णय: पूर्वराष्ट्रपति भण्डारी
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष