काठमाडौं- वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो।
बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो। त्यस पछि उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा उपचार गरिएको थियो। पछिल्लो समय रोगले च्याप्दै लगेपछि देवकोटाको अधिकांश अंगले काम गर्न छोडिसकेको थियो। लामो समय बेलायतमा उपचार गराएका डा. देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए । उनको चाहना अनु्सार गत हप्ता गृहजिल्ला गोरखा पनि लगिएको थियो ।
२५ वर्ष वीर अस्पतालमा सेवा गरेका देवकोटाले नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्वपूर्ण योगदान गरेका थिए। वीर अस्पतालमा पहिलो पटक न्यूरो सर्जरी विभाग स्थापना गर्ने श्रेय समेत देवकोटालाई जान्छ। उनी स्वास्थ्य मन्त्री हुँदा निकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्सको स्थापना गरेका थिए।
देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।
डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।
हेर्नुस् अस्पतालको विज्ञप्ति

सम्बन्धित खबर
सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने, विद्यार्थी काउन्सिल राख्ने
भदौ २४ को घटनाबारे छानबिन गर्न सरकारले एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति बनाउने
बालेन सरकारको निर्णय : दलीय ट्रेड युनियन खारेज गर्ने
‘भदौ २४ को विध्वंसमा संलग्नलाई पनि कारबाही हुनुपर्छ’
ओली र लेखक पक्राउसँगै कांग्रेसमा समानान्तर गतिविधि सुरू, बेग्लाबेग्लै विज्ञप्ति
ओली-लेखक पक्राउ अपरिपक्व निर्णय: पूर्वराष्ट्रपति भण्डारी
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष