भक्तपुर –अविरल वर्षासँगै हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर डुबानमा परेको छ । अरनिको राजमार्गस्थित राधेराधे र भाटभटेनी सुपरमार्केट क्षेत्रका बस्ती डुबानमा परेका हुन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका – ७ मझुवा टोलमा घरमाथिको ढिस्को खसेर थिच्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया दानमाया लामा र नातिनी अढाइ वर्षकी सम्पदा लामा रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

बाढीले भक्तपुर नगरपालिकाका ३ र मध्युपर थिमी तथा सूर्यविनायक नगरपालिकाका ३ गरी ६ वटा वडाका खोला आसपासका बस्तीहरू डुबानमा परेका छन् ।
त्यस क्षेत्रमा फसेका करीब १ सय जनालाई उद्धार गरिएको भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।
उद्धार गरिएका मध्ये ३ जना सामान्य घाइते भएकाले उनीहरूलाई भक्तपुर अस्पताल लगिएको छ । अन्यलाई स्थानीय स्कूलसहित खुल्ला स्थानमा राखिएको डीएसपी पोखरेलले बताए । सो क्षेत्रका ४ वटा विद्यालय बन्द छन् ।
बाढीले केही चौपाया समेत बगाएको छ । खोला किनारमा रहेको एउटा फार्मबाट २४ वटा बंगुरका पाठा बगाएको डीएसपी पोखरेलले जानकारी दिए ।
यसैगरी बाढीले चारडोबाटोबाट बालकोट जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ । बुधबार साँझदेखि निरन्तर भइरहेको वर्षा बिहान केही समयअघिबाट रोकिएकाले बाढी कम हुने अपेक्षा गरिएको छ ।
वर्षाका कारण बागमती र हनुमन्ते खोलामा बाढी आउँदा डुबानमा परेका भक्तपुर । काठमाडौं, ललितपुर र भक्तपुर बाढीका कारण प्रभावित भएको छ । घर–घरमा पानी पसेको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
यो पनि पढौँ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख