कालिकोटमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । ती किशोरीमाथि बलात्कार गरेको आरोपमा जिल्लाको खाँडाचक्र नगरपालिका–९ पाखाँका ८ जना पक्राउ परेका छन् । यही असोज ९ गते बेलुका धिमाल देवताको पैठको मेला हरेर घर फर्किने क्रममा उनीमाथि सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले स्थानीय आठजना युवालाई पक्राउ गरेको हो ।
यो घटनामा संलग्न भएको अभियोगामा खाँडाचक्र नगरपालिका वडा नं. १० का २० वर्षीय पर्व विक, १८ वर्षीय गोर्ख विक, १८ वर्षीय सर्जन विक, खाँडाचक्र नगरपालिका–९ निवासी २२ वर्षीय जीवन विक, २० वर्षीय नवीन विक, १८ वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विक पक्राउ परेका छन् । पीडितले किटानी जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी बिनोद शर्माले बताए । १० गते राति ३ बजे उनीहरुलाई पक्राउ गरिएको हो ।
शर्माले सामूहिक बलात्कारका क्रममा युवती बेहोस भएपछि मरी भनेर फरार भएका अभियुक्तलाई नातागोताको घर र पाखाकै लेकाली क्षेत्रबाट पक्राउ गरिएको हो । उनका अनुसार पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
उधारो फिर्ता माग्दा बलात्कार
न्याय माग्दै जिल्ला प्रहरी कार्यालय आएकी पीडित युवतीले आफूले केही ३ वर्षअघि पाखामा पसल चलाएको बेलाा पर्व विकले लगेको ५ सय उधारो फिर्ता माग्दा बलात्कारको शिकार भएको बताएकी छन् ।
उनका अनुसार धिमाल देवताको पैठ हेरेर घर फर्किँदै गर्दा बाटोमा पर्व लगायतका युवाहरु मदिरा पिएर बसिरहेका थिए । ‘मैले पर्वलाई देखेर आफूले लिनु पर्ने पैसा मागेँ । पैठमा मलाई केही किन्ने खर्च छैन । मेरो पैसा दिनुस भनेँ’, उनले भनिन्, ‘तर ऊसँगको अर्को साथीले खाइसकेको पैसा दिनु हुन्न भन्यो । त्यसपछि मलाई समातेर ३० मिटर तल खोलामा लगी पालैपालो बलात्कार गरे ।’
सामूहिक बलात्कारपछि उनी बेहोस भएकी थिइन् । उनलाई घटनास्थलबाट दाजु र दिदीले उद्दार गरी लगेका थिए । बहिनीको उद्दारमा आएका दाजुलाई पनि उनीहरुले ढुंगा हानेका थिए ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’