कालिकोटमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । ती किशोरीमाथि बलात्कार गरेको आरोपमा जिल्लाको खाँडाचक्र नगरपालिका–९ पाखाँका ८ जना पक्राउ परेका छन् । यही असोज ९ गते बेलुका धिमाल देवताको पैठको मेला हरेर घर फर्किने क्रममा उनीमाथि सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले स्थानीय आठजना युवालाई पक्राउ गरेको हो ।
यो घटनामा संलग्न भएको अभियोगामा खाँडाचक्र नगरपालिका वडा नं. १० का २० वर्षीय पर्व विक, १८ वर्षीय गोर्ख विक, १८ वर्षीय सर्जन विक, खाँडाचक्र नगरपालिका–९ निवासी २२ वर्षीय जीवन विक, २० वर्षीय नवीन विक, १८ वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विक पक्राउ परेका छन् । पीडितले किटानी जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी बिनोद शर्माले बताए । १० गते राति ३ बजे उनीहरुलाई पक्राउ गरिएको हो ।
शर्माले सामूहिक बलात्कारका क्रममा युवती बेहोस भएपछि मरी भनेर फरार भएका अभियुक्तलाई नातागोताको घर र पाखाकै लेकाली क्षेत्रबाट पक्राउ गरिएको हो । उनका अनुसार पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
उधारो फिर्ता माग्दा बलात्कार
न्याय माग्दै जिल्ला प्रहरी कार्यालय आएकी पीडित युवतीले आफूले केही ३ वर्षअघि पाखामा पसल चलाएको बेलाा पर्व विकले लगेको ५ सय उधारो फिर्ता माग्दा बलात्कारको शिकार भएको बताएकी छन् ।
उनका अनुसार धिमाल देवताको पैठ हेरेर घर फर्किँदै गर्दा बाटोमा पर्व लगायतका युवाहरु मदिरा पिएर बसिरहेका थिए । ‘मैले पर्वलाई देखेर आफूले लिनु पर्ने पैसा मागेँ । पैठमा मलाई केही किन्ने खर्च छैन । मेरो पैसा दिनुस भनेँ’, उनले भनिन्, ‘तर ऊसँगको अर्को साथीले खाइसकेको पैसा दिनु हुन्न भन्यो । त्यसपछि मलाई समातेर ३० मिटर तल खोलामा लगी पालैपालो बलात्कार गरे ।’
सामूहिक बलात्कारपछि उनी बेहोस भएकी थिइन् । उनलाई घटनास्थलबाट दाजु र दिदीले उद्दार गरी लगेका थिए । बहिनीको उद्दारमा आएका दाजुलाई पनि उनीहरुले ढुंगा हानेका थिए ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो