काठमाडौँ — नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधनको भएको छ । ६ बर्ष यता अर्धचेत अवस्थामा रहेको ७४ वर्षीय नेता बाँस्तोलाको शनिबार राति निधन भएको हो।
अवस्था गम्भीर भएपछि उनलाई शनिबार मध्याहृन बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले ४ बजे डिस्चार्ज गरेको थियो र खुमलटारस्थित निवास लगिएको थियो ।
२०६९ पुस १४ गते मोरङ विराटचोकको कुलपूजामा भाग लिँदैगर्दा बाँस्तोलालाई मस्तिष्कघात (ब्रेन ह्यामरेज) भएको थियो। त्यसयता उनी अचेतको अचेत ढलिरहेकाछन् । कहिले सिलिगुडी, कहिले मेदान्त अस्पताल गुडगाँव, कहिले न्युरो अस्पताल बाँसबारी र पछिल्लो समय घरैमा उनको उपचार गरिएको थियो।
उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा एउटा खास नेता थिए। बीपीले आफ्ना सबै राजनीतिक पुस्तकमा उनको नाम पटक–पटक लिएका छन्। प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा महत्वपूर्ण भूमिका खेलेका बास्तोला ०४८ सालमा भारतका लागि नेपालको राजदूत समेत बनेका थिए । उनी ०५२, ५५, ०५६ गरी ०५७–०५८ सम्म गरी चार चोटी मन्त्री बनेका थिए । बाँस्तोला दरबार हत्याकाण्ड हुँदा गिरिजाप्रसाद क्याबिनेटका परराष्ट्रमन्त्री थिए । उनी भारतका लागि नेपाली राजदूतसमेत बनेका थिए।
बाँस्तोलाको स्वास्थ्य अवस्था जटिल बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु बाँस्तोलाको निवास पुगेका थिए।
तस्विरः कान्तिपुर
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’