हुन त पत्थरी हुादैमा धेरै चिन्तित हुनुपर्ने होइन । किनभने यसको उपचार संभव मात्र छैन, सहज पनि छ । पत्थरीको समस्या धेरैले झेलिरहेका हुन्छन् । यसको उपचार विधीबारे भने कतिपयलाई जानकारी नहुन सक्छ ।
के छ उपचार विधी ?
पत्थरी धेरै प्रकारका हुन्छन् । विरामीको अवस्था र पत्थरीको अकारअनुसार यसको उपचार हुन्छ । खासगरि पत्थरी मिर्गौलामा देखिन्छ । उक्त पत्थरी कुन ठाउामा छ भन्ने कुराले पनि उपचारमा महत्वपूर्ण भूमिका खेल्छ ।
पिसाबबाट बगाएर
पत्थरी सामान्य प्रकारको छ भने यस्तो उपचार विधिको प्रयोग गरिन्छ । यस्तो उपचार औषधीको सेवनबाटै सम्भव हुन्छ ।
यदि पत्थरी स-साना छन् भने यो माध्ययमको प्रयोग गरिन्छ । जसको लागि विरामीलाई औषधी र पानीको मात्रा बढाउन लगाइन्छ । जसका कारण पत्थरी सजैलै पिसाबसागै बगेर जान्छ ।

डा. वीरेन्द्रप्रसाद यादव
सेकेर
अर्को उपचार विधि भनेको इएसडब्लुएल हो । यो पनि नचिरिकनै गरिने अप्रेशन हो । यस्तो विधिमा बाहिरबाटै सेकेर पत्थरलाई फुटाइन्छ । र, त्यो फुको पत्थरलाई पिसाबको माध्ययमबाट बगाइन्छ ।
पाइप छिराएर
अर्को अप्रेशन विधिलाई युआरएस भनिन्छ । विशेष गरि पिसाब नलीमा पत्थरी भएको अवस्थामा यस्तो विधिको सहारा लिने गरिन्छ । मिर्गौलामा भएको पत्थरीमा यस्तो विधि अपनाउदै अपनाइदैन भन्ने चाही होइन ।
यस्तो प्रकृतिको उपचार गर्दा पहिला पिसाबनलीबाट पाइप छिराएर पत्थरलाई फोड्ने काम गरिन्छ । जसको लागि फेलेक्जीवल युरिन लेजरको प्रविधि प्रयोग हुन्छ । अनि पत्थरी झीक्ने काम गरिन्छ ।
प्वाल पारेर
छालाबाट प्वाल पारेर पनि यसको पत्थरीको उपचार गरिन्छ । यस्तो अप्रेशन विधिलाई पिसिएनएल भनिन्छ । यस्तो अप्रेशन गर्दा प्वालबाट दुई प्रकारका पाइप छिराइन्छ । एउटा स्टाडर्ड पिसिएनएल पाइपको प्रयोग गरिन्छ । अर्को चाही मिनी पिसिएनएल पाइप ।
खासगरी सानो खानको पत्थरको लाग मिनी पिसिएनएल पाइपको प्रयोग गरिन्छ । त्यही प्वालबाट पाइपबाट टेलिस्कोपको माध्ययमले पत्थरीको अवस्था अवलोकन गरिन्छ । र, त्यही पाइपबाट पत्थर निकालिन्छ ।
चिरेर
अर्को उपचार विधि भनेको ‘ओपन स्टोन सर्जरी’ हो । जुन चिरेर पत्थरी निकाल्ने गरिन्छ । निकै ठूलो पत्थर भएको अवस्थामा यस्तो विधि अपनाइन्छ ।
र, यो पनि
पत्थरीका अव्यवस्थित जीवनशैली, मोटोपना, वातावरणलगायत थुप्रै कारण हुन्छन् । खानको कारण पनि पत्थरी पर्न सक्छ ।
कतिपयले माछा, मासु र गेडागुको अत्याधि प्रयोग गर्छन् । जसबाट प्रोटिन प्राप्त हुन्छ । प्रोटिनको बढी प्रयोगले पनि पत्थरी पर्ने गर्छ । मिर्गौलामा पत्थरी पर्नुको अर्को कारण पानीको कम सेवन पनि हो । बढी मात्रामा पालुङ्गोको साग प्रयोग गर्दा पनि मिर्गौलामा पत्थरीको समस्या आउन सक्छ ।
लेखक सुमेरु अस्पतालका मुत्ररोग विशेषज्ञ हुन्














सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ