पोखरा । काभ्रेपलान्चोकको पनौती नगरपालिकाको १० र ११ वडाको खोपासी, ख्याकुका बाढी पहिरोपिडित परिवारहरुलाई लायन्स क्लब अफ काठमाण्डौ अटो सोसियल फ्रेन्ड्सको समन्वय र सहयोगी महिला जागरण मन्च मैतिदेवीको सहयोगमा राहत वितरण सम्पन्न भयो ।
उक्त कार्यक्रममा सहयोगी संस्थाहरु लायन्स तथा लियो क्लब अफ काठमाण्डौ मखमली, लायन्स क्लब अफ काठमाण्डौ युनाईटेड सेन्टर, लायन्स क्लब अफ माउन्ट धौलागिरी, लायन्स क्लब अफ पोखरा सर्मपण, लायन्स क्लब अफ काठमाण्डौ बनस्थली लियो क्लब अफ काठमाण्डौ ड्रिमल्यान्ड, लायन विष्णु श्रेष्ठ, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा र अटो नेपाल, मासिक पत्रिकाको सहयोग रहेको थियो ।
हालैं आएको अबिरल बर्षाको कारण काभे्रपलान्चोक जिल्लाको पनौतीको १० र ११ वडा र बेथानचोक गाउँपालिकाको ११० परिवार भन्दा बढि पिडित आमा बुवा तथा स्थानीय बासीहरुलाई लायन्स क्लब अफ काठमाण्डौ अटो सोसियल फ्रेन्डका चार्टर पे्रसिडेन्ट तथा डिष्ट्रिक जेका रिजन चियरर्पसन रोशनकुमार श्रेष्ठ, अध्यक्ष बिकल श्रेष्ठ र सचिव कृष्टिना ताम्राकार लगायत विभिन्न क्लबको सदस्यहरुको उपस्थितिमा पनौती नगरपालिका ११ ख्याकुस्थित थुम्की रिसोर्टको समन्वयमा पहिरोपिडित परिवारहरुलाई त्रिपाल, बाल्टिन, जग, बाटा, म्याट, साबुन र न्यानो कपडाहरु बितरण गरिएको सहयोगी महिला जागरण मन्चकी अध्यक्ष राधा श्रेष्ठले बताए।
आगामी दिनहरुमा काभ्रेको अन्य स्थानहरुमा समेत राहत पुर्याउने विचार गरेको यस कार्यक्रमका संयोजक तथा रिजन चियरपर्सन, काभ्रे खोपासीका रोशनकुमार श्रेष्ठले जानकारी दिए।
सम्बन्धित खबर
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’