पोखरा । तनहुँको पर्यटकीय स्थल मानुङकोट घुम्नका लागि गत शुक्रबार पोखराका १३ जना युवाहरु ७ वटा मोटरसाइकलमा सबेरै निस्किए । व्यास नगरपालिकाको बेलवासमा पुग्दा बिहान पौने ६ बजेको थियो । त्यसैबेला उनीहरु स्थानीय टोलेहरुको आक्रमणमा परे ।
तनहुँका केही स्थानमा बेरोजगार टोलेहरुको अपराधिक क्रियाकलाप अझै सकिएको छैन । पहिले पहिले गाउँगाउँका टोलेहरु ग्याङ फाइटमा उत्रिन्थे । अहिले कम हुँदै गएपनि प्रहरी प्रशासन लाचार बन्दा अझै पनि निमिट्यान्न पार्न सकेको अवस्था छैन ।
यद्यपी, ५ दिनसम्ममा घटनामा संलग्न ५ जना भने प्रहरीले समात्न सकेको छ । दिनेश रामदामसहित ५ जना पक्राउ परेका हुन् । अन्यलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन ।
पोखरेली १३ युवाहरुलाई घेराबन्दीमा पारेर मादक पद्धार्थ सेवन गरी बसेका बेलवासका टोलेहरुले खुकुरी, लाठी र हेल्मेटले प्रहार गरेका थिए । विपिन गुरुङसहित २ जना टाउकोमा चोट लाग्दा गम्भिर घाइते भए भने तीन जना सामान्य घाइते भए ।
आक्रमणमा परी घाइते हुनेमा पोखरा-१५ नयाँगाउँका २७ वर्षीय बिपिन गुरुङ, पोखरा-१६ दीपका ३२ वर्षीय रामेश्वर धिताल, स्याङजा वालिङ-८ घर भई हाल पोखरा-११ रानीपौवा बस्ने २९ वर्षीय युवराज गुरुङ, रानीपौवाकै २७ बर्षीय बिष्णु गुरुङ र पोखरा-१८ सराङकोटका २९ वर्षीय सिद्धार्थ डङ्गोल छन् ।
बिहानै रक्सी धोकेर बसेका बेलवासका टोलेहरुले पोखराका युवाहरुको मोबाइल, सिक्री, औँठीसहित नगद पनि लुटेको पोखराका युवाहरुले बताएका छन् ।
आक्रमण गर्ने विरुद्ध पीडितहरुले जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएका छन् । सोहि अनुसार प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको तनहुँ प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु