कुर्सीबाट लडेपछि सांसदले भने, : सभामुख महोदय ! चार पटक भयो यहाँबाट लडेको, ज्यान जोगाइ पाउँ

कुर्सीबाट लडेपछि सांसदले भने, : सभामुख महोदय ! चार पटक भयो यहाँबाट लडेको, ज्यान जोगाइ पाउँ

kursi samsad

प्रतिनिधि सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद खगराज अधिकारीले कुर्सीबाट लडेको भन्दै ज्यान जोगाइ दिन सभामुखको ध्यानाकर्षण गराएका छन् ।

‘म चार पटक भयो यहाँबाट लडेको’, अधिकारीले संसदमा कुर्सीको सिट देखाउँदै भने, ‘अहिलेसम्म दुर्घटना भएको छैन, बाँचिएको छ। कति पटक भन्नुपर्ने हो, संसद सचिवालयलाई?’

उनले संसदबाट त्यस्ता कुर्सी हटाउन माग गरे। ‘आगामी दिनमा यस्तो कुर्सी नराखियोस्’, उनले भने, ‘धराप भयो। ज्यान जोगाइ पाउँ भन्ने अवस्था आयो।’ अधिकारीको ध्यानाकर्षणपछि प्रतिनिधिसभामा हाँसो फैलियो। लगत्तै सभामुखले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ