निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट धापासीस्थित आफ्नो निवासमा फर्किएकी छन्।
नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेलगत्तै कार्की बालुवाटारबाट धापासीस्थित निवासमा फर्किएकी हुन्।
निवर्तमान कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सार्वजनिक जिम्मेवारीको एक महत्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ, कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको थियो, हामी सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सफल भयौँ, लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको छ।’
जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुसी र निश्चिन्त भएको उल्लेख गर्दै कार्कीले नयाँ पुस्ताको ऊर्जावान् नेतृत्वले देशलाई अझ समृद्ध तथा स्थिर भविष्यतर्फ डोर्याउने विश्वास लिएकी छन्। साथै, उनले यस यात्रामा साथ, सहयोग र विश्वास दिनुहुने सम्पूर्ण नेपाली नागरिक, सहकर्मी र सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गतदेखि कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। राष्ट्रपति रामचन्द्र पौडलले ६ महिनाभित्र निर्वाचनकोे जिम्मेवारी सहित कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरेका थिए।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा