गर्मी मौसममा फ्रिजमा राखिएको खानेकुरा खाँदा शीतल अनुभव हुन्छ । खानेकुरा बिग्रनबाट जोगाउन पनि बढी भएको खाना फ्रिजमा राखिन्छ । हामीले थाहा नपाई कतिपय कुरा फ्रिजमा राखिरहेका हुन्छौं । निम्न चीजलाई फ्रिजमा राख्नुहुँदैन :
गोलभेंडा : पाकेको गोलभेंडामा भिटामिन ए, सी, के, फोलेट तथा पोटासियम हुन्छ । फ्रिजमा गोलभेंडा राख्दा त्यसको स्वादमा मात्र परिवर्तन आउने होइन त्यसमा समावेश भएको लाइकोपिन भन्ने तत्व पनि घट्छ । यसले गर्दा गोलभेंडाको फाइदा कम हुन्छ । फ्रिजमा गोलभेंडा राख्नुपरे कागजमा बेरेर मात्र राख्नुपर्छ ।
ब्रेड : सामान्यतया ब्रेडले शरीरलाई पोषण तत्व प्रदान गर्दैन । यसले फाइबर पनि प्रदान गर्दैन । ब्राउन ब्रेडमा भने केही मात्रामा पोषक तत्व हुन्छ । ब्रेड फ्रिजमा राख्दा त्यसमा अलिअलि भएको पोषक तत्व पनि नाश हुन्छ । ब्रेड फ्रिजमा राख्दा सुक्छ । चार दिन पुरानो ब्रेडलाई मात्र फ्रिजमा राख्नुपर्छ ।
प्याज : प्याजमा प्रोटिन, खनिज, लवण, कार्बोहाइड्रेड, क्याल्सियम, फस्फोरस, भिटामिन, क्यालोरी आदि सबै पाइन्छ । आयुर्वेदका अनुसार प्याजको सेवनले छालामा चमक ल्याउँछ । यसले पाचन शक्ति बढाउँछ । छालाको सबै रोग नष्ट हुन्छ । उच्च रक्तचापका बिरामीका लागि यो वरदान नै हो । फ्रिजमा प्याज राख्दा फ्रिजमा भएका अन्य खानेकुराबाट पनि प्याजजस्तै वासना आउँछ । प्याजलाई सधैं अन्य तरकारीबाट अलग राख्नुपर्छ ।
आलु : आलुको उत्पादन सबैभन्दा पहिले पेरुमा भएको थियो । आलुको उत्पादन चीन, रुसपछि भारतमा सबैभन्दा बढी हुन्छ । जुनसुकै तरकारीसँग मिल्ने आलुबाट प्रशस्त मात्रामा पोषक तत्व प्राप्त हुन्छ । उमालेको तथा हल्का फ्राई गरिएको आलु खाँदा शरीरमा शक्ति प्राप्त हुन्छ । आलुलाई फ्रिजमा राख्दा त्यसमा भएको स्टार्च सुगरमा परिवर्तन हुन्छ । यस्तो आलु खाँदा फाइदा होइन बेफाइदा मात्र गर्छ । आलुलाई फ्रिजमा नराखी नहुने भए कागजको झोलामा हालेर मात्र राख्नुपर्छ ।
मह : महको उपयोग आँखाका लागि फाइदाजनक हुन्छ । यसले रगत सफा राख्छ र मुटुलाई बलियो बनाउँछ । जाडो मौसममा कफ (खोकी) तथा घाँटी खराब हुँदा पनि महको सेवन फाइदाजनक सिद्ध हुन्छ । यसको सेवनले निद्रा पनि लाग्छ । महलाई फ्रिजमा राख्दा त्यसको पोषक तत्व नाश हुन्छ । टाइट डिब्बामा लामो समयसम्म बाहिर राख्दा पनि मह खराब हुँदैन ।
स्याउ : स्याउमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । स्याउ खाँदा पाचन प्रक्रिया पनि ठीक रहन्छ । यसमा भएको एन्टिअक्सिडेन्टले मधुमेह, क्यान्सर तथा दिमागसँग सम्बन्धित बिरामीबाट जोगाउँछ । स्याउले शरीरमा ग्लुकोजको मात्रा सामान्य बनाउँछ । यसले मधुमेहका बिरामीलाई फाइदा पुर्याउँछ । स्याउलाई फ्रिजमा राख्नुहुँदैन । फ्रिजमा राख्दा त्यसमा भएको एन्टिअक्सिडेन्ट नष्ट भएर जान्छ ।
तरबुजा : तरबुजामा लाइकोपिन पाइन्छ । लाइकोपिनले छाला मुलायम बनाउँछ । यसको नियमित सेवन गर्दा क्यान्सर हुँदैन । तरबुजाले मुटुको बिरामीबाट जोगाउँछ । यसले शरीरलाई रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्छ भने मोटोपन पनि कम गर्छ । मानसिक बिरामी तथा कामका कारण तनावमा रहने मानिसले तरबुजा खाँदा फाइदा पुग्छ । दिमाग शान्त तथा खुसी रहन्छ ।
धेरै रिस उठ्ने मानिसले तरबुजा खाँदा रिस कम हुन्छ । गर्मी मौसममा तरबुजा खाँदा धेरै बिरामीबाट जोगिन सकिन्छ । तरबुजालाई काटेको छैन भने फ्रिजमा नराख्नु नै वेश हुन्छ । काटिएको तरबुजालाई तीन दिनसम्म फ्रिजमा राख्न सकिन्छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ