Gandak News
Our News Your Views

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, सञ्चारमन्त्री बास्कोटाको अडियो प्रकरणबारे छलफल

बास्कोटा काठमाडौ फर्किदै, सिधै प्रधानमन्त्री निवास जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको स्रोतले बताएको छ ।

ओली र प्रचण्डबीच ‘मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने’ कुराकानी भएको बालुवाटार स्रोतले बतायो ।

यो पनि पढ्नुहोस

७० करोड कमिसनका लागि सञ्चारमन्त्री गोकुल बास्कोटाको यस्तो सेटिङ (अडियो सहित)

सञ्चारमन्त्रीलाई बर्खास्त गरेर अनुसन्धान गर- नेपालि कांग्रेस

 

बास्कोटा बिभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिममा थिए । उनी अहिले काठमाडौं फर्किँदैछन् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको