पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु

दुर्घटना

पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु

Sabhagriachowk

पोखरामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

बिहान ३ बजेतिर पोखरा महानगरपालिका–८ सभागृह चोकमा स्कुटर दुर्घटना हुँदा अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरी घर भई हाल पोखरा महानगरपालिका–६ लेकसाइड बस्दै आएका २८ वर्षीय आशिष कुँवरको मृत्यु भएको हो।

प्रहरीका अनुसार चिप्लेढुङ्गाबाट सभागृह चोकतर्फ आउँदै गरेको ग १६ प ६६१९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनाका बेला स्कुटरको पछाडि सवार कुँवरको टाउकोमा चोट लागेको थियो। दुर्घटनापछि गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज (जीएमसी) लगिएको थियो।

उपचारकै क्रममा बिहान करिब ५ः३० बजे कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटर स्याङ्जाको आँधिखोला गाउँपालिका–२ चिलाउनेबाँस घर भई हाल पोखरा महानगरपालिका–८ न्युरोड बस्दै आएका ४३ वर्षीय भोजराज सापकोटाले चलाएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ