पूर्व उपप्रधानमन्त्री सिपी मैनाली सवार कार दुर्घटना, खुट्टा भाँचिएको र टाउकोमा चोट

पूर्व उपप्रधानमन्त्री सिपी मैनाली सवार कार दुर्घटना, खुट्टा भाँचिएको र टाउकोमा चोट

cp-mainali

पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनाली चढेको कार दुर्घटना परेको छ ।

बिहीबार दिउँसो महोतरीको बर्दीबास नगरपालिका वडा नम्बर ३ कालापानीमा सिपी मैनाली र उनका परिवार सवार कार दुर्घटनामा परेको हो । दुर्घटनामा परि सिपी मैनालीको खुट्टा भाँचिएको र टाउकोमा चोट लागेको छ ।

झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना ४ च ८६६८ नम्बरको पिकअप भ्यान एकआपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । कारमा सिपी मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पिएन् मैनाली र कार चालक रामप्रसाद पौड्याल थिए ।

बुहारी पूजाको दुबै खुट्टा भाँचिएको र अरु सामान्य घाइते भएको प्रहरी जनाएको छ । उनीहरूलाई बर्दिबास जनसेवा हस्पिटलमा प्राथमिक उपचार  पश्चात नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंको ग्रान्डी हस्पिटल लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds