काठमाडौं । मंगलबार अबेर आएको खवरले राजधानीबासिको निन्द्रा एका–एक खलबलाई दिएको छ । राजधानीमा तीन जना कोरोना संक्रमित भेटिएपछि सबैको ध्यान ति संक्रमितहरु को हुन र कहाँबाट आएका हुन भन्नेबारे सबैमा कौतुहलता हुने नै भयो ।
उपत्यकामा कोरोना भाइरसको पुष्टि भएका मध्ये दुई जना महिला र एकजना पुरुष रहेका छन् । संक्रमित मध्ये एक जना महिला चन्द्रागिरि नगरपालिकाकी रहेकी छन् । स्रोतका अनुसार ३३ वर्षिया महिला ती महिला लकडाउन कै दौरान बैशाख २९ गते कञ्चनपुरबाट राजधानी भित्रिएकी थिइन् । ती महिला नीजि गाडीको पास बनाएर काठमाडौं आएकी हुन्।
अर्को एक महिला र पुरुष भने भक्तपुरका रहेका छन् । भक्तपुरकी २५ वर्षिया महिला सुनसरीबाट बैशाख २९ गते मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी थिइन्। काठमाडौं आइसकेपछि उनी भक्तपुरस्थित ठिमीमा साथीको कोठामा बसेकी थिइन् ।
भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष हुन् ।उनी पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान भएको खुल्न आएको छ । उनी दुवाकोटस्थित आफ्नै डेरामा बस्दै आएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।मंगलबार एकैदिन नेपालमा ८३ जनामा कोभिड(१९ पुष्टि भएको हो ।
सम्बन्धित खबर
पर्यटकीय राजधानी पोखराका गनेस बने पर्यटनमन्त्री
निजी निवास फर्किइन् निवर्तमान प्रधानमन्त्री कार्की
बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ, आलोपालो हुँदैन: रवि लामिछाने
नवनियुक्त प्रधानमन्त्री बालेनलाई अमेरिका, भारत र चीनको बधाई
मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री
यी हुन् बालेन सरकारको पहिलो बैठकका चार निर्णय
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष